काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी ब्राण्डले स्मार्ट विद्युतीय व्यावसायिक इभी भ्यान प्रस्तुत गरेको छ । एक्स्पोको स्टल नम्बरः १६, हल डीमा चेरी ब्राण्डका ११, १२, १४ र १६ सिट क्षमताका विद्युतीय व्यावसायिक सवारी प्रदर्शनमा राखिएका छन् ।
कम्पनीका अनुसार व्यावसायिक तथा स्कुल, कलेजलाई ध्यानमा राखेर तयार गरिएका इभी भ्यानमा आधुनिक प्रविधि, पर्याप्त ब्याट्री क्षमता, उच्च पिकपावर र उत्कृष्ट ग्राउन्ड क्लियरेन्सलाई प्राथमिकता दिइएको छ ।
चेरी ब्राण्डका ११ र १२ सिटका मोडलमा ४१.८६ किलोवाटको सिएटिएल ब्याट्री, ७० किलोवाट पिकपावर, १८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र एकपटकको चार्जमा तीन सय किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।
त्यस्तै, १४ सिट क्षमताको मोडलमा ५३.५८ किलोवाट सिएटिएल ब्याट्री, ८० किलोवाट पिकपावर, दुई सय मिलिमिटर ग्राउन्ड क्लियरेन्स तथा तीन सय किलोमिटरसम्मको रेन्ज रहेको छ ।
१६ सिट क्षमताको मिनी बसमा ५३.५८ तथा ७० किलोवाटको सिएटिएल ब्याट्री, ८० तथा १२० किलोवाट पिकपावर, २१० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र मोडलअनुसार २८० देखि ३५० किलोमिटरसम्मको रेन्ज रहेको छ । कम्पनीले हायर पर्चेजमार्फत् बिनाधितो गाडी खरिद गर्ने सुविधासमेत उपलब्ध गराइएको जनाएको छ ।







‘जय नेपाल पार्टी’को उदय :
नयाँ तलबमान सार्वजनिक
कांग्रेस विवाद निरूपणको प्रश्न फेरि
सेलिब्रेटी सांसदहरूलाई धक्का
शरणार्थीले निम्त्याउने समस्या
मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट