बंगलादेशको दक्षिण एसियाको लागि नै सबभन्दा नयाँ मुलुक हो । बंगाली साहित्य र सभ्यताले गर्दा बंगलादेशको एक विषेश परिचय रहेको छ । सत्तरीको दशकमा तीस लाख बंगालीको सहादतबाट निर्माण भएको बंगलादेश इतिहासको एक कालखण्डमा दक्षिण एसियामा सबभन्दा तीव्र गतिले विकास गरिरहेको अर्थतन्त्र थियो । सन् २००९ देखि सन् २०२४ सम्म मेट्रोदेखि थर्मल प्लान्ट, रेल नेट वर्कदेखि उद्यौगिक पूर्वाधारमा बंगलादेशले फड्को मारेको थियो । सत्तरीको दशकमा इन्दिरा गान्धीको हस्तक्षेप नै बंगलादेश निर्माणको एक मुख्य कारण रहेको थियो । पाकिस्तासँगको युद्धमा तीन हजार आठ सय भारतीय सैनिकले सहादत प्राप्त गरेका थिए भने ९० हजार पाकिस्तानी सैनिकहरूलाई भारतले युद्धबन्दी बनाएको थियो ।
चीन र अमेरिकाको धम्कीलाई मत्थर गर्दै इन्दिरा गान्धीले मजहबुर रहमान (बंगलादेशका राष्ट्रपित्ता)लाई हरेक किसिमका सहयोग प्रदान गरेकी थिइन् । बीपी कोइरालाले बंगलादेशको निर्माणमा समाजवादको मञ्चलाई पूर्णरूपमा प्रयोग गरेका थिए । यस अर्थमा नेपाली कांग्रेस र अवामी लिगबीच गहिरो सम्बन्धसमेत रहेको छ । सन् १९७५ ताका मजहबुर रहमानको परिवारसहित विभत्स हत्या भएको थियो । शेख हसिना जर्मनीका भएका कारणले नै उनी बाँच्न सफल भइन् । कालान्तरमा लामो समय भारतमा राजनीतिक शरण लिएर शेख हसिनाले बंगलादेशको राजनीति परिचालित गरेर सत्तारोहण गरिन् । सन् २०२४ अगस्तको विद्रोहका कारण शेख हसिनाले भारतमा शरण लिँदै आएकी छन् ।
शेख हसिनाको अगामी लिग संगठन र विचारको हिसाबले बंगलादेशको सबभन्दा अब्बल राजनीतिक दल भए तापनि वर्तमान परिवेशमा प्रतिबन्धित अवस्थामा रहेको छ । अवामी लिग बंगलादेशमा बलियो हुने बित्तिकै बंगलादेशको आर्थिक विकासले गति पाउने सम्भावना देखिन्छ । कट्टरपन्थ बढ्ने बित्तिकै बंगलादेश पछौटेपनको सिकार हुनसक्दछ ।
सन् २०२६ अगस्तका दिन विदेशी संवैधानिक क्लबद्वारा आयोजित कार्यक्रममा शेख हसिनाले विद्युत्तीय माध्यमबाट सम्बोधन गरेकी छिन् । शेख हसिनाको सम्बोधनलाई अधिकांश समाचार गृहहरूले यथेष्ठ ठाउँ दिएका छन् । शेख हसिनाको सम्बोधन भावनाले ओतप्रोत रहेको थियो । अभिव्यक्तिमा करुणा, उद्वेग, संर्घष र बलिदानको गाथा रहेको थियो । आफ्नो उद्घोषमा उनले शेख मजहबुर रहमान (बंगबन्धु)को त्याग, पौरख र बलिदानका कारणले नै बंगलादेशको निर्माण भएको कुरा उल्लेख गरेकी थिइन् ।
साथसाथै सन् १९७५ ताका विभत्स हत्या काण्डमा सम्पूर्ण परिवारको सहादतको चर्चा गर्दै आफ्नो जीवनको उतार र चढावमा बारम्बार कट्टरपन्थीबाट आफूलाई समेत हत्याको प्रयास गरेको कुरा उनले उल्लेख गरेकी थिइन् । दक्षिण एसियको एक उदीयमान अर्थतन्त्र हुनलागेको बंगलादेश शेख हसिनाको कार्यकालमा ६ देखि ७ प्रतिशतका विकास दरले अगाडि बढिरहेको थियो भने वर्तमान परिवेशमा बंगलादेशको विकास दर दुई प्रतिशतमा तल झरेको छ । ५०० कारखानाहरू बन्द भएका छन् भने उत्पादनमा व्यापक ह्रास देखिएको छ । दुई करोड युवा बेरोजगारीको सिकार बनेका छन् । ऊर्जा संकटले गर्दा बंगलादेशको वित्तीय संकटको संघारमा रहेको छ ।
आफ्नो अभिव्यक्तिमा शेख हसिनाले बंगलादेश बढिरहेको अतिवाद र कट्टरपन्थको बारेमा समेत चर्चा गरेकी छिन् । हिजुबुल्ला तहरिफ र अलकाइदाका आतंकवादीका लागि बंगलादेश घरआँगन भएको छ । शेख हसिनाले सन् २०२६ डिसेम्बरमा नै बंगलादेश फर्कने घोषणा गरेकी छिन् । उक्त घोषणाबाट अवामी लिगका कार्यकर्ताहरूमा नयाँ जोश र जाँगर आउने समीक्षकहरूको विश्लेषण रहेको छ । साथ साथै उक्त घोषणा चुनौतीपूर्ण समेत रहेको छ । शेख हसिनामाथि ६०० मुद्दाहरू दायर गरिएको छ । शेख हसिनाको भारत आगमनका साथै भारत बंगलादेशबीच सम्बन्ध चिसिँदै गएको छ ।
शेख हसिनाको भारत आगमनका साथै बंगलादेशमा हिन्दुविरोधी आतंक तीव्र रूपमा बढेको थियो । विभिन्न एजेन्सीका अनुसार दुई वर्षभित्र हिन्दुविरुद्ध २ हजार ४०० आक्रमण भएको पाइन्छ । शेख हसिनाको भारत आगमनका साथै अन्तरिम सरकारका मुखिया मोहम्मद युनुस पाकिस्तान-चीनसँगको सम्बन्धलाई उच्च महत्त्व दिएका थिए । आफ्नो चीन भ्रमणताका भारतका उत्तरपूर्वीय राज्यहरू बंगलादेशमा निर्भर रहेको समेत उनले उद्घोष गरेका थिए । भारतका विदेश मन्त्रालयलगायत सञ्चारगृहहरूले युनुसको अभिव्यक्तिको खण्डन गर्दै बंगलादेशको भारतप्रतिको निर्भरताका बारेमा चर्चा गरेका थिए । वर्तमान परिवेशमा बंगलादेशको नेतृत्व तारिक रहमान (खालिदा जियाका पुत्र)ले गर्दै आएका छन् । तारिक रहमानको चीनयात्रा र पाकिस्तानसँगको गठजोरले गर्दा भारत चिढिएको छ ।
हुनतः सन् २०२६ को ब्रिक्सको अनुष्ठान आउने सेप्टेम्बर १२ र १३ मा भारतले नै गर्ने भएको जसमा भारतले बंगलादेशका प्रधानमन्त्री तारिक रहमानलाई निमन्त्रणा गरेको छ । बंगलादेशसँगको सम्बन्धलाई विषेश महत्त्व दिँदै पहिलो पटक राजनीतिक पृष्ठभूमि र बंगाली संस्कृत बुझेका व्यक्ति दिनेश त्रिवेदीलाई कूटनीतिक अभिभारा दिएको छ । अरू कूटनीतिज्ञभन्दा पृथक त्रिवेदीलाई क्याबिनेट स्तरको नियुक्ति दिइएको छ । यसको सांकेतिक अर्थसमेत रहेको छ ।
शेख हसिनाको डिसेम्बरमा बंगलादेश जाने घोषणाले भारत-बंगलादेश सम्बन्ध पुनः तरङ्गित भएको छ । विगत दुई वर्षदेखि शेख हसिनालाई प्रत्यार्पण (एक्स्ट्राडियसन) गर्न बंगलादेशले भारतलाई दबाब दिँदै आएको छ । सन् २०१३ र सन् २०१६ मा भारत बंगलादेशबीच प्रत्यार्पण (सुपुर्दगी) सन्धिसमेत भएको छ । शेख हसिनालाई प्रत्यार्पण गर्न बंगलादेशको दबाबलाई भारतले नजरअन्दाज गर्दै आएको थियो । अर्थात् राजनीतिक शरणार्थीलाई शरण दिनु प्रजातान्त्रिक मुलुकको मान्यता रहेको कुरा भारतले बंगलादेशलाई सूचित गर्दै आएको छ ।
यही मान्यताका आधारमा तारिक रहमानले बेलायतमा २० वर्षसम्म आश्रय पाएका थिए । शेख हसिनाको अगामी लिग संगठन र विचारको हिसाबले बंगलादेशको सबभन्दा अब्बल राजनीतिक दल भए तापनि वर्तमान परिवेशमा प्रतिबन्धित अवस्थामा रहेको छ । अवामी लिग बंगलादेशमा बलियो हुने बित्तिकै बंगलादेशको आर्थिक विकासले गति पाउने सम्भावना देखिन्छ । कट्टरपन्थ बढ्ने बित्तिकै बंगलादेश पछौटेपनको सिकार हुनसक्दछ । बंगलादेशलाई आर्थिक विकासमा धावक बनाउन भारत बंगलादेश सम्बन्धलाई नयाँ ढंगले अगाडि बढाउनुपर्दछ ।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :