काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किनु भएकाे छ ।
देउवा बिहीबार दिउँसो साढे १२ बजे थाइल्यान्ड हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु भएकाे हाे । उहाँ लामो समयदेखि उपचारका क्रममा विदेशमा हुनुहुन्थ्याे ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएपछि देउवा श्रीमती आरजु राणासँगै उपचारका लागि सिंगापुर जानु भएकाे थियाे । उपचारपछि उहाँ थाइल्यान्ड हुँदै नेपाल फर्किनु भएकाे हाे ।
उहाँलाई विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको छ । संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं आएका देशभरका कार्यकर्ता उनको स्वागतका लागि विमानस्थल पुगेका थिए ।
देउवा शुक्रबार सुकेधारास्थित पार्टी प्यालेसमा आयोजना हुन लागेको संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम छ ।







हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको
विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर