काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जनताको मत र परिवर्तनको आकांक्षालाई कदर गर्नुपर्ने बताउनुभएको छ।
सिंगापुरमा उपचार गराएर बिहीबार स्वदेश फर्किनुभएका देउवाले अपिल पत्र जारी गर्दै परिवर्तन सहज प्रक्रिया नभएको उल्लेख गर्दै वर्तमान सरकारले जनताको आकांक्षालाई सम्बोधन गर्नुपर्ने बताउनुभएको हो।
उहाँले परिवर्तनको बाटो कहिल्यै सहज र समतल नहुने भन्दै यसका लागि धैर्य, साहस र दृढता आवश्यक पर्ने बताउनुभएको छ। जनतामा अहिले परिवर्तनको ठूलो आकांक्षा देखिएको भन्दै त्यसलाई सम्बोधन गर्नु वर्तमान सरकारको दायित्व भएको उहाँको भनाइ छ।
‘परिवर्तन सजिलो हुँदैन भन्ने कुरा म राम्ररी जान्दछु। परिवर्तनको बाटो कहिल्यै समतल हुँदैन, यसले धैर्य, साहस र दृढताको परीक्षा लिन्छ। जनतामा अहिले परिवर्तनको ठूलो आकांक्षा देखिएको छ। त्यसलाई सम्बोधन गर्नुपर्ने वर्तमान सरकारको दायित्व हो,’ उहाँले अपिलमा भन्नुभएको छ।
सरकार आफ्नो दायित्वबाट विचलित भएर राजनीतिक आग्रह–पूर्वाग्रहमा लागे मुलुकको हित नहुने देउवाले बताउनुभएको छ।
‘आफ्नो दायित्व भुलेर राजनीतिक आग्रह–पूर्वाग्रह साँध्ने हो भने त्यो सत्तारुढ दल र मुलुककै लागि हितकर हुँदैन,’ उहाँले भन्नुभएको छ।
उहाँले सरकार जनताको आकांक्षा पूरा गर्ने दिशामा अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। ताजा जनमतबाट सत्तामा आएको दलले जनताको मतको सम्मान गर्न नसके लोकतन्त्रको मूल मर्म कमजोर हुने उहाँको भनाइ छ।
‘ताजा जनमतबाट उदाएको सत्तारुढ दलले जनताको मतलाई कदर गर्न सकेन भने लोकतन्त्रमा जनतानै जनार्दन हुन् भन्ने विषय कसैले बदल्न सक्दैन,’ देउवाले भन्नुभएको छ।






शरणार्थीले निम्त्याउने समस्या
मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट
कक्षा १२ को मौका परीक्षाको
आजका लागि तोकियो विदेशी मुद्राको
सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष
कठिन चुनौतीबीच जनादेशको जिम्मेवारी