काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले बैंकका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध मुद्दा दायर भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बैंकले प्रचलित कानुन, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यताअनुसार गरिएको नियमित कामकारबाहीको विषयलाई लिएर बैंकका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतमाथि मुद्दा दायर भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
बैंकले उक्त घटनाका कारण नियमित बैंकिङ कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै पनि अवरोध सिर्जना नभएको स्पष्ट पारेको छ। बैंकको नेतृत्व तथा व्यवस्थापन यथावत् रहेको भन्दै संस्थाको सबलता, समग्र ग्राहकको हित र बैंकिङ प्रणालीको स्थायित्वलाई केन्द्रमा राखी सम्पूर्ण सेवा तथा गतिविधि पूर्ववत् रूपमा नियमित, सुरक्षित र निर्वाध सञ्चालन भइरहेको बैंकले जनाएको छ।
बैंकिङ प्रणालीमा जनताको विश्वास, कर्मचारीको मनोबल तथा वित्तीय स्थायित्व कायम राख्न सम्बन्धित निकायबाट आवश्यक समन्वय तथा सहयोग गरिदिन पनि बैंकले आग्रह गरेको छ।
बैंकले आफू सम्बन्धमा आएका अपुष्ट सूचना तथा अनुमानका आधारमा धारणा नबनाउन र आधिकारिक सूचनालाई मात्र आधार बनाउन सबैमा अनुरोध गरेको छ।
साथै, बैंकले आफ्ना सम्पूर्ण निक्षेपकर्ता, ग्राहकवर्ग, शेयरधनी, सरोकारवाला तथा शुभेच्छुकबाट प्राप्त हुँदै आएको सद्भाव र विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरेको छ।








सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :