काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ।
बैठकको सुरुवात गर्दै सभापति गगन थापाले निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्यलाभको कामनासहित स्वदेशमा स्वागत गर्नुभएको छ।
बैठकमा सभापति थापाले भन्नुभएको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भन्नुभयो, ‘निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्यलाभको कामनासहित स्वदेशमा स्वागत गर्दछु।’
पूर्वप्रधानमन्त्री देउवा करिब पाँच महिनापछि आज स्वदेश फर्किनुभएको हो। उहाँ गत फागुनमा उपचारका लागि सिंगापुर जानुभएको थियो। सिंगापुरका अस्पतालमा उपचार गराएपछि थप उपचारका लागि उहाँ हङकङसमेत जानुभएको थियो।
गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा देउवा निवासमा आगजनी हुनुका साथै देउवा दम्पतीमाथि कुटपिट भएको थियो। त्यसपछि उहाँ उपचारका लागि विदेश जानुभएको थियो।
स्वदेश फर्किएलगत्तै देउवाले कांग्रेसभित्र देखिएका असहमति तत्काल समाधान गर्नुपर्ने भन्दै अपिल जारी गर्नुभएको थियो। उहाँले पार्टीभित्र एकता र सहकार्य कायम गर्दै अघि बढ्न नेतृत्व तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ।
यता, कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, संगठनात्मक विषय तथा आगामी रणनीतिबारे छलफल भइरहेको छ।







चोलुङ पार्कमा सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय
वीरगन्जमा ट्याङ्करबाट तेल चोरी गर्दै
स्कुटर यात्रामा बेहोस भएका युवकको
वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा
बिलिङ संस्कारको विकास गर्न ‘नेशनल
मकवानपुरमा पाँच वर्षमा ४२ जनाको