काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसको वैधानिक सभापति अझै शेरबहादुर देउवा नै रहेको दाबी गर्नुभएको छ।
बिहीबार पूर्वप्रधानमन्त्री देउवा स्वदेश फर्किने क्रममा उहाँलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएका नेता कोइरालाले सभापतिको जिम्मेवारीका विषयमा कुनै कानुनी अड्चन वा ‘स्टे अर्डर’ नरहेको दाबी गर्नुभएको हो।
उहाँले देउवा नेतृत्वकै मातहतमा पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै कांग्रेसभित्रको आन्तरिक एकतामा जोड दिनुभएको छ। पार्टीबाट बाहिरिएका तथा असन्तुष्ट पक्षलाई पुनः मूलधारमा ल्याएर कांग्रेसलाई एकढिक्का बनाउनुपर्ने उहाँको भनाइ छ।
कोइरालाले पार्टीभित्र देखिएको विभाजन र असहमतिलाई संवादका माध्यमबाट समाधान गर्नुपर्ने बताउँदै अन्ततः सबै पक्ष एक ठाउँमा आउनुको विकल्प नरहेको स्पष्ट पार्नुभएको छ।
उहाँले सभापति गगनकुमार थापा नेतृत्वको समूहलाई लक्षित गर्दै सानेपास्थित कांग्रेस छुट्टिएर गएको टिप्पणीसमेत गर्नुभएको छ।
‘सानेपा कांग्रेस छुट्टिएर गएको छ, उनीहरू आउनुपर्ने हो। उनीहरूले अनादर गर्छन्, के गर्छन् उनीहरूको कुरा हो। देउवा पार्टीको सभापति नै हो। अहिले पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै हो। उहाँ नै सभापति हो। स्टे अर्डर आएको छ कि छैन? हाम्रो प्रयास एक गर्न रहन्छ,’ कोइरालाले भन्नुभएको छ।
नेता कोइरालाले पार्टीभित्रका असन्तुष्टि र विवाद संवादमार्फत समाधान गर्दै ढिलोचाँडो सबै पक्षलाई एक ठाउँमा ल्याउने प्रयास जारी राखिने बताउनुभएको छ।







राशिफल २२ साउन, वृष :
‘जय नेपाल पार्टी’को उदय :
नयाँ तलबमान सार्वजनिक
कांग्रेस विवाद निरूपणको प्रश्न फेरि
सेलिब्रेटी सांसदहरूलाई धक्का
शरणार्थीले निम्त्याउने समस्या