काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा पुगेको छ।
अघिल्लो दिन बुधबार ०.५५ अंकले बढेको नेप्से बिहीबार थप ८.८१ अंकले उकालो लागेको हो। परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
बिहीबार ३४७ वटा स्क्रिप्सको १ करोड २ लाख २५ हजार ८७४ कित्ता सेयर ३ अर्ब ७२ करोड ७ लाख ७० हजार ७७ रुपैयाँमा खरिदबिक्री भएको छ। बुधबार ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
बिहीबार दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यस्तै, सुपर खुदी हाइड्रोपावरको सेयर मूल्य १३.०२ प्रतिशत तथा घलेमदी हाइड्रोपावरको ११.९० प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा घलेमदी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको करिब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १६ करोड, सोलु हाइड्रोपावरको १५ करोड, सेन्ट्रल फाइनान्सको १२ करोड तथा युनाइटेड मोदी हाइड्रोपावरको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आज कारोबारमा आएका ३४७ स्टक्समध्ये १७१ वटाको सेयर मूल्य बढेको छ भने ८६ वटाको घटेको छ। बाँकी १९ वटा स्टक्सको मूल्य स्थिर रहेको छ।
उपसमूहतर्फ इन्भेस्टमेन्ट र म्युचुअल फन्डबाहेक अन्य सबै समूहको सूचक सकारात्मक देखिएको छ।







रास्वपामा चिसिँदो सम्बन्ध, सल्किँदो आगो
राशिफल २२ साउन, वृष :
‘जय नेपाल पार्टी’को उदय :
नयाँ तलबमान सार्वजनिक
कांग्रेस विवाद निरूपणको प्रश्न फेरि
सेलिब्रेटी सांसदहरूलाई धक्का