काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंमा जारी नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसरमा व्यक्तिगत सवारीसाधन खरिदका लागि सहुलियतपूर्ण अटो लोन योजना सार्वजनिक गरेको छ।
बैंकका अनुसार एक्स्पोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदर (बेस रेट) मा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी कर्जा लिन सक्नेछन्। बैंकका प्रतिनिधि मञ्जिल विष्टका अनुसार हालको आधारदरअनुसार कर्जाको न्यूनतम ब्याजदर ५.२५ प्रतिशत कायम गरिएको छ। आधारदरमा परिवर्तन भएअनुसार कर्जाको ब्याजदर पनि समायोजन हुने उहाँले जानकारी दिनुभयो।
ग्राहकलाई सवारीसाधन खरिदको प्रक्रिया सहज बनाउन बैंकले एक्स्पोस्थलमै आफ्नो स्टल राखेर कर्जा प्रक्रियासम्बन्धी सेवा दिइरहेको उहाँले बताउनुभयो। स्टलबाटै ग्राहकले कर्जाका लागि आवेदन दिनुका साथै आवश्यक प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था गरिएको छ।
बैंकका प्रतिनिधि विष्टका अनुसार ग्राहकले आफ्नो कर्जा सीमाअनुसार आवश्यक कागजात पूरा गरी आवेदन दिएमा तीन दिनभित्र कर्जा स्वीकृत हुने व्यवस्था गरिएको छ।
उहाँले भन्नुभयो, ‘हामीले बैंकको हिसाबले कर्जाको न्यूनतम ब्याजदर ५ दशमलव २५ प्रतिशत कायम गरेका छौँ। हाम्रो ४ दशमलव ७५ प्रतिशतको बेस रेटमा ० दशमलव ५ प्रतिशत प्रिमियमबाट ग्राहकहरूको सहजताका लागि प्राइसिङ सुरु गरेका छौँ।’
कर्जा प्रक्रियालाई थप सहज बनाउन बैंकले डिजिटल प्रणालीलाई समेत प्राथमिकता दिएको उहाँले बताउनुभयो। ग्राहकले आवेदन दिनेदेखि आफू कति रकमको कर्जाका लागि योग्य छु भन्ने जानकारीसमेत एक्स्पोस्थलबाटै प्राप्त गर्न सक्ने उहाँको भनाइ छ।
यो सुविधा नाइमा मोबिलिटी एक्स्पोमा मात्र सीमित नरहेको बैंकले जनाएको छ। देशका ७७ वटै जिल्लामा रहेका ३४१ शाखाबाट समेत उक्त कर्जा सुविधा उपलब्ध रहेको विष्टले बताउनुभयो।
उहाँले बैंकको भूमिका कर्जा उपलब्ध गराउनेमा मात्र सीमित नभई ग्राहकलाई आफ्नो आवश्यकता र बजेटअनुसार उपयुक्त सवारीसाधन छनोट गर्नसमेत सहयोग गर्ने बताउनुभयो। एक्स्पोमा बैंकको स्टल भ्रमण गरी उपलब्ध सेवाबारे जानकारी लिन उहाँले ग्राहकलाई आग्रह गर्नुभयो।
गाडीको ‘कुम्भ मेला’का रूपमा समेत चर्चित नाइमा मोबिलिटी एक्स्पो २०२६ मंगलबारदेखि काठमाडौंमा जारी छ। एक्स्पोमा ५१ वटा स्टलमार्फत ५५ भन्दा बढी ब्रान्ड सहभागी छन् भने ४० भन्दा बढी नयाँ मोडलका सवारीसाधन प्रदर्शनीमा राखिएका छन्।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :