काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सञ्चालनमा ल्याएको काठमाडौंस्थित चुनदेवी सम्पर्क कार्यालयमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका लागि छुट्टै कक्षको व्यवस्था गरिएको छ।
देउवाका लागि छुट्याइएको कक्षको बाहिर ‘शेरबहादुर देउवा, सभापति’ लेखिएको बोर्ड राखिएको छ। कक्षभित्रको टेबलमा समेत सोही व्यहोरा उल्लेख गरिएको छ।
स्वास्थ्य उपचारका लागि विदेशमा रहनुभएका देउवा करिब पाँच महिनापछि बिहीबार स्वदेश फर्किनुभएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कांग्रेस नेता–कार्यकर्ताले बाजागाजासहित उहाँलाई चुनदेवीस्थित सम्पर्क कार्यालय पुर्याएका थिए।
सम्पर्क कार्यालय पुगेपछि देउवाले नेता–कार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्नुभएको थियो। त्यसपछि उहाँका लागि तय गरिएको कक्षमा बसेर नेताहरूसँग कुराकानीसमेत गर्नुभएको थियो।
यसअघि देउवाले सार्वजनिक गर्ने विज्ञप्तिमा ‘शेरबहादुर देउवा’ नाम मात्र उल्लेख गर्ने गर्नुभएको थियो। तर चुनदेवीस्थित कार्यालयमा भने उहाँका लागि राखिएको कक्षको बाहिर र भित्र दुवैतर्फ ‘सभापति’ पद उल्लेख गरिएको छ।
सम्पर्क कार्यालयमा देउवा र राष्ट्रिय भेला आयोजक समितिका संयोजक तथा पूर्वमहामन्त्री डा. शशांक कोइरालाका लागि छुट्टाछुट्टै कक्षको व्यवस्था गरिएको छ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा देउवा पक्ष सहभागी भएको थिएन। त्यसयता देउवा पक्षले चुनदेवीमा छुट्टै सम्पर्क कार्यालय सञ्चालन गरी समानान्तर गतिविधि गर्दै आएको छ।
यसैबीच, देउवा पक्षले शुक्रबारदेखि साउन ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ। भेलामार्फत पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्था, संगठनात्मक गतिविधि तथा आगामी रणनीतिबारे छलफल गर्ने तयारी गरिएको छ।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :