काठमाडौं । नागरिक लगानी कोषमा सहभागी, सेयरधनी तथा कर्मचारीलाई चितवनस्थित मनकामना अस्पताल प्रालिले स्वास्थ्य सेवामा छुट दिने भएको छ । सो सम्बन्धी सम्झौतामा नागरिक लगानी कोषका निर्देशक हेमन्त पोखरेल र मनकामना अस्पतालका बजार प्रमुख उमाकान्त बरालले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार कोषका सहभागी, सेयरधनी तथा कर्मचारीले अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवामा २० प्रतिशत छुट पाउनेछन् । अस्पतालमा उपलब्ध सिटी स्क्यान तथा शल्यक्रिया सेवामा थप १०-१० प्रतिशत र औषधीमा पाँच प्रतिशत छुटको व्यवस्था गरिएको छ । छुट सुविधा लिन कोषका सहभागी, सेयरधनी तथा कर्मचारीले आफ्नो परिचयपत्र पेस गर्नुपर्नेछ ।






केएमसीमा साउन २४ गते ‘जब
ज्योति बैंकमा नेपालपे कार्ड सेवा
‘कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्’
एथरको मेगा उपहार योजना
‘हुलास डे २०२६’ मा सामुदायिक
प्रस्तावित दूरसञ्चार ऐनको अवधारणा पत्र