काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले बैंकका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीइओ) विरुद्ध मुद्दा दायर भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकले प्रचलित कानुन, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यताअनुसार नियमित रूपमा सम्पन्न हुँदै आएका कामकारबाहीलाई लिएर बैंकका उच्च पदाधिकारीविरुद्ध मुद्दा दायर भएको घटनाले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
बैंकले उक्त घटनाका कारण बैंकको नियमित बैंकिङ कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै पनि प्रकारको अवरोध नआएको स्पष्ट पारेको छ । बैंकका अनुसार संस्थाको नेतृत्व तथा व्यवस्थापन यथावत् रहेको छ भने बैंकका सम्पूर्ण सेवा तथा गतिविधि नियमित, सुरक्षित र निर्वाध रूपमा सञ्चालन भइरहेका छन् ।
बैंकले आफ्नो संस्थागत सबलता, ग्राहकको हित तथा समग्र बैंकिङ प्रणालीको स्थायित्वलाई प्राथमिकतामा राखेर सेवा प्रवाहलाई निरन्तरता दिइरहेको जनाएको छ । अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध मुद्दा दायर भएको विषयले बैंकको दैनिक सञ्चालनमा कुनै असर नपरेको भन्दै बैंकले निक्षेपकर्ता, ग्राहक, शेयरधनी तथा अन्य सरोकारवालालाई आश्वस्त पार्न खोजेको छ ।
बैंकले बैंकिङ प्रणालीप्रति जनताको विश्वास कायम राख्न, कर्मचारीको मनोबल उच्च राख्न तथा वित्तीय स्थायित्वलाई थप सुदृढ बनाउन सम्बन्धित निकायबाट आवश्यक समन्वय तथा सहयोग गरिदिन आग्रहसमेत गरेको छ । बैंकिङ क्षेत्रमा देखिने कुनै पनि घटनाले समग्र वित्तीय प्रणालीप्रति नकारात्मक धारणा सिर्जना गर्न सक्ने भएकाले तथ्य र आधिकारिक सूचनाका आधारमा मात्र धारणा बनाउन बैंकले आग्रह गरेको हो ।
बैंकले आफू तथा आफ्ना पदाधिकारीसँग सम्बन्धित विषयमा सार्वजनिक भएका अपुष्ट सूचना, हल्ला तथा अनुमानका आधारमा धारणा नबनाउन पनि सर्वसाधारणलाई अनुरोध गरेको छ । आधिकारिक माध्यमबाट सार्वजनिक गरिएका सूचना तथा विवरणलाई मात्र आधार बनाउन बैंकले आग्रह गरेको छ । बैंकले आफ्ना सम्पूर्ण निक्षेपकर्ता, ग्राहकवर्ग, शेयरधनी, सरोकारवाला तथा शुभेच्छुकबाट प्राप्त हुँदै आएको सद्भाव, विश्वास र सहयोगप्रति आभार व्यक्त गरेको छ । साथै, आगामी दिनमा पनि बैंकको सेवा तथा गतिविधिलाई नियमित रूपमा अघि बढाउन सबै पक्षबाट निरन्तर सहयोग र विश्वास प्राप्त हुने अपेक्षा बैंकले गरेको छ ।
बैंकले संस्थाको नेतृत्व तथा व्यवस्थापन यथावत् रहेको र नियमित बैंकिङ सेवा प्रभावित नभएको स्पष्ट पारेसँगै ग्राहक तथा निक्षेपकर्तालाई बैंकको दैनिक कारोबारप्रति अनावश्यक आशंका नगर्नसमेत सन्देश दिएको छ । बैंकका अनुसार ग्राहकको हित संरक्षण र सुरक्षित तथा भरपर्दो बैंकिङ सेवा प्रवाह नै संस्थाको प्रमुख प्राथमिकता हो ।






मेसीको दुई गोलमा इन्टर मियामीको
नेपालले एसियाडमा २२ खेलमा १३६
२०२७ एकदिवसीय विश्वकप छनोट
फिफा अध्यक्षले माफी मागे, तत्काललाई
एनटी टप एण्ड टी-२० खेल्न
देशभरका आदिवासी जनजाति काठमाडौंमा जुट्दै,