भोजपुर । सडक सञ्जालको पहुँच नपुगेको सङ्खुवासभाको भोटखोला गाउँपालिका-४, सिक्रुङमा खच्चडमार्फत निर्माण सामग्री ढुवानी गरी यूडब्लुएस नेपालले विद्यालय भवन निर्माण गरेको छ।
भौतिक पूर्वाधार शैक्षिक क्षेत्रमा काम गर्दै आएको यूडब्लुएस नेपालले सङ्खुवासभाको भोटखोलामा रहेको बरुण आधारभूत विद्यालयका लागि नौ कोठे बालमैत्री विद्यालय भवन तथा खानेपानी सुविधासहित पाँच कोठे बाल तथा अपाङ्गमैत्री शौचालय भवन निर्माण गरेको हो ।
नवनिर्मित विद्यालय भवन तथा शौचालय भवनको संयुक्त रूपमा यूडब्लुएस नेपालका राष्ट्रिय निर्देशक अभिषेक झा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गुकु भोटेले उद्घाटन गर्नुभएको थियो ।
सडक सञ्जालको पहुँच नपुगेको दुर्गम सिक्रुङ क्षेत्रमा निर्माण सामग्री पुर्याउन कठिन भए पनि खच्चडमार्फत सामग्री ढुवानी गरी विद्यालय भवन निर्माण सम्पन्न गरिएको यूडब्लुएस नेपालले जनाएको छ ।
दुर्गम तथा ग्रामीण क्षेत्रका विद्यार्थीलाई सुरक्षित र गुणस्तरीय शैक्षिक वातावरण उपलब्ध गराउने उद्देश्यले विद्यालय भवन निर्माण गरिएको संस्थाले जनाएको छ ।
यूडब्लुएस नेपालका राष्ट्रिय निर्देशक झाले विद्यालय भवन निर्माणलाई भौतिक पूर्वाधार विकासमा मात्र सीमित नराखी विद्यालयको समग्र शैक्षिक सुधारको आधारका रूपमा अघि बढाइने बताउनुभयो ।
उहाँले आगामी पाँच वर्षसम्म विद्यालय, समुदाय तथा स्थानीय सरकारसँग सहकार्य गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘विद्यार्थीको भविष्य निर्माण, सिकाइ उपलब्धि सुधार तथा बालबालिकामा सपना देख्ने र त्यसलाई पूरा गर्ने आत्मविश्वास विकास गर्न विद्यालयले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ,’ उहाँले भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोटेले दुर्गम क्षेत्रमा समेत गुणस्तरीय विद्यालय भवन निर्माण गरी विद्यार्थीको उज्ज्वल भविष्यका लागि यूडब्लुएस नेपालले महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो ।
विद्यालय भवन निर्माणमा स्थानीय समुदायको सक्रिय सहभागिता र सहयोग उल्लेखनीय रहेको उहाँको भनाइ थियो । समुदाय र संस्थाबीचको सहकार्यले विद्यालयको शैक्षिक विकासमा थप टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
यूडब्लुएस नेपालको साझेदारीमा हाल सङ्खुवासभा जिल्लाका विभिन्न विद्यालयमा भवन निर्माणसँगै शैक्षिक सुधार लक्षित कार्यक्रम सञ्चालन भइरहेका छन्। संस्थाले सङ्खुवासभामा मात्रै हालसम्म ५० वटा विद्यालय भवन निर्माण सम्पन्न गरिसकेको जनाएको छ ।
यूडब्लुएस नेपालले विद्यालय पूर्वाधार विकाससँगै शैक्षिक नेतृत्व विकास, शिक्षक क्षमता अभिवृद्धि, बालअधिकार प्रवर्द्धन तथा समुदायको सहभागिता वृद्धि गर्ने क्षेत्रमा समेत निरन्तर काम गर्दै आएको छ ।
सन् २०१५ मा स्थापना भएको यूडब्लुएस नेपालले नेपालका विभिन्न जिल्लामा शैक्षिक सुधार तथा विद्यालय पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।







यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा