भोजपुर । प्रत्येक वर्ष पहाडी जिल्ला भोजपुरमा सञ्चालन हुँदै आएको बिहानी कप फुटबलको चौथो संस्करण आगामी भदौ २४ गतेबाट हुने भएको छ । अण्डर-१६ अन्तर विद्यालयस्तरीय बिहानी कप पुरुष फुटबल प्रतियोगिता हुन लागेको हो ।
बिहानी फुटबल क्लब भोजपुरको आयोजनामा विद्यालयस्तरीय प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष विकल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला सदरमुकाममा भदौ २४ देखि २९ गते प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिताको उद्देश्य विद्यालयस्तरबाटै फुटबल खेलको विकास गर्दै युवा खेलाडीको प्रतिभा पहिचान र प्रोत्साहन गर्नु रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा प्रथम हुने टिमले नगद ४४ हजार ४५० र दोस्रोले नगद २२ हजार २५० रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । यस्तै उत्कृष्ट खेलाडीहरूका लागि समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा समावेश हुनका लागि विद्यालयहरूले आगामी भदौ २० गतेभित्र आवश्यक कागजातसहित टिम दर्ता गरिसक्नुपर्ने आयोजक संस्थाले उल्लेख गरेको छ ।







सेलिब्रेटी सांसदहरूलाई धक्का
शरणार्थीले निम्त्याउने समस्या
मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट
आजका लागि तोकियो विदेशी मुद्राको
कक्षा १२ को मौका परीक्षाको
सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष