काठमाडौं । गत साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले नेपाली बक्स अफिसमा नयाँ कीर्तिमान कायम गरेको छ । प्रदर्शनको चौथो हप्तामै यस चलचित्रले ‘कबड्डी ४’को सर्वाधिक कमाइको रेकर्ड तोड्दै नेपाली चलचित्रमध्ये सर्वाधिक कमाउने दोस्रो फिल्मको स्थान बनाएको हो । चलचित्र विकास बोर्डको सिनेपाः बक्स अफिसमा बिहीबार दिउँसो साढे १२ बजेसम्मको विवरणनुसार ‘गौँथली’ले २१ करोड ४१ लाख रुपैयाँभन्दा बढी कमाइ गरेको छ । यसअघि ‘कबड्डी ४’ले २१ करोड ४० लाख रुपैयाँ कमाउँदै कायम गरेको रेकर्डलाई ‘गौँथली’ले उछिनेको हो ।
‘गौँथली’भन्दा बढी कमाइ गर्ने नेपाली चलचित्रमा अहिले ‘पूर्णबहादुरको सारंगी’ मात्र रहेको छ । उक्त फिल्मले ४६ करोड ८७ लाख ४१ हजार रुपैयाँ कमाइ गरेको तथ्यांक छ । ‘गौँथली’ले गत आइतबारसम्म १९ करोड ७१ लाख रुपैयाँभन्दा बढी व्यापार गरेको थियो । त्यसयता तीन दिनमै यस चलचित्रले डेढ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको हो । आगामी सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गर्ने बक्स अफिस विवरणमा यस चलचित्रको कुल व्यापार २३ करोड रुपैयाँको हाराहारीमा पुग्ने अनुमान गरिएको छ ।
चलचित्रको व्यापारिक गति अझै पनि बलियो रहेकाले ‘गौँथली’ले २५ करोड रुपैयाँभन्दा बढी कमाइ गर्नसक्ने अनुमान गरिएको छ । यसअघि चलचित्रले ‘छक्का पञ्जा’का विभिन्न शृंखला, ‘जेरी अन टप’, ‘जारी’, ‘परान’ र ‘१२ गाउँ’लगायतका चलचित्रलाई समेत कमाइमा पछि पारिसकेको छ ।
डा.भोला रिजालका छोरा डा.कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना लगायतका कलाकारको अभिनय छ । शिक्षाको महत्त्वलाई मुख्य विषय बनाएको यस चलचित्रले श्रीमान्-श्रीमतीबीचको सम्बन्ध र पारिवारिक जीवनको कथालाई प्रस्तुत गरेको छ ।







यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा