काठमाडौं । चलचित्र ‘ल्याङ ल्याङ’को मुख्य अभिनेत्रीमा गुराँस ढकाल अनुबन्धित हुनुभएको छ । मुख्य भूमिकामा यो उहाँको डेब्यु चलचित्र हुनुहुन्छ । यसअघि उहाँले केही चलचित्रमा सहायक भूमिकामा अभिनय गर्नुभएको थियो । गुराँसले अभिनेता सञ्जोग रसाइलीसँग एक्टर्स हबमा अभिनय प्रशिक्षण लिनुभएको हो ।
प्रशिक्षणका क्रममा उहाँले अभिनयका विभिन्न पक्षमा काम गर्नुभएको थियो । उहाँले विज्ञापन, म्युजिक भिडियो तथा हरर चलचित्र ‘मम्मी’मा पनि अभिनय गरिसक्नु भएको छ । पात्रअनुसार उपयुक्त देखिएपछि बुधबार निर्माण टिमले उहाँलाई औपचारिक रूपमा अनुबन्धित गरेको निर्देशक बलिराम चौहानले बताउनुभयो ।
यसअघि नै चलचित्रको मुख्य भूमिकामा रिहान गिरी, सन्तोष बानियाँ र जीवनजंग बस्न्यात अनुबन्धित भइसक्नु भएको छ । निर्माण टिम अझै एक अभिनेताको खोजीमा रहेको र उनी फाइनल भएपछि मुख्य कलाकारको लाइनअप पूरा हुने निर्देशक चौहानले जानकारी दिनुभयो ।
स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण हुने ‘ल्याङ ल्याङ’ले जेन-जी पुस्ताको प्रेम, संघर्ष, स्वतन्त्रता र मानसिक दबाबको कथा प्रस्तुत गर्नेछ । युवापुस्ताले साथीभाइबीच मानसिक तनाव वा दबाब जनाउन प्रयोग गर्ने ‘ल्याङ ल्याङ’ शब्दलाई आधार बनाएर चलचित्रको कथा निर्माण गरिएको निर्देशकको भनाइ छ । चलचित्रको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ ।
भोलानाथ कटवालको लगानीमा निर्माण हुने ‘ल्याङ ल्याङ’ असोजको पहिलो सातादेखि छायांकनमा जाने तयारीमा छ । चलचित्रको कथा निर्देशक बलिराम चौहान र उपाश्री खतिवडाले संयुक्त रूपमा लेख्नुभएको हो । हाल चलचित्रको प्रि–प्रोडक्सनको काम भइरहेको निर्माण टिमले जनाएको छ ।







प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :
फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै