काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘लज्जावती’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि यो चलचित्र दर्शकमाझ आएको हो । राजबहादुर साने निर्देशित यो चलचित्रमा प्रेम सम्बन्धमा आउने उतारचढाव र संघर्षलाई कथाको केन्द्रमा राखिएको छ । निर्देशक सानेका अनुसार सिनेमाको कथा चार पात्रको वरिपरि घुमेको छ ।
यस चलचित्रमा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र मेनुका माझी मुख्य भूमिकामा हुनुहुन्छ । त्यस्तै, विनोद श्रेष्ठ, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, दीपक थापा र काजल भुजेललगायत कलाकारले सहायक भूमिकामा अभिनय छ ।
मुकुन भुसालबाहेक अधिकांश कलाकारका लागि ‘लज्जावती’ मुख्य भूमिकामा काम गरेको पहिलो चलचित्र हो । नयाँ कलाकार र नयाँ टिमका साथ प्रेम कथालाई फरक शैलीमा प्रस्तुत गरिएको निर्देशक सानेले बताउनुभयो ।
यसैबीच काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा कलाकार मुकुन भुसालले ‘लज्जावती’ नेपालीपन बोकेको प्रेम कथा भएकाले आफू सिनेमामा जोडिएको बताउनुभएको छ । नेपाली समाजकै प्रेम कथामा आधारित भएकाले सिनेमाले धेरै नेपालीको जीवनसँग सम्बन्धित हुनसक्ने उहाँको दाबी छ ।
साथै उहाँले आफूले पहिलोपटक प्रेम कथामा आधारित सिनेमामा काम गरेका सुनाउनुभयो । ‘यो मेरो पहिलो लभस्टोरी कथा हो । यसअघि अन्य कथामा नै अभिनय गरिरहेको थिए । त्यसैले पनि सिनेमाप्रति उत्साहित छु,’ उहाँले भन्नुभयो । चलचित्रमा मुकुन इ-रिक्सा चालकको भूमिकामा देखिनुभएको छ ।
आहा फिल्मस् प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता सौरभ वली हुनुहुन्छ । कमलप्रसाद शर्मा र सन्दीपकुमार रोकाया निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्माता दिनेश बुढाथोकी हुनुहुन्छ ।
दिनेश बुढाथोकी कार्यकारी निर्माता रहेको यस चलचित्रमा दिव्यराज सुवेदीको छायांकन छ । तारा थापा ‘किम्भे’को सम्पादन रहेको चलचित्रमा देव महर्जनको द्वन्द्व निर्देशन छ । यो चलचित्रलाई देशव्यापी कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गरेको छ ।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :