काठमाडौं । प्रसिद्ध लेखक तथा शिक्षासेवी रमेशप्रसाद गौतमद्वारा लिखित ‘हाम्रो शिक्षा हिजो, आज र भोलि’ शीर्षकको पुस्तक सार्वजनिक भएको छ । बुधबार ललितपुरस्थित एकान्तकुनाको द्वारका प्यालेसमा आयोजित एक कार्यक्रमबीच उक्त पुस्तक लोकार्पण भएको हो । प्रसिद्ध विद्वान प्रा.कृष्ण खनालको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश तथा राष्ट्रिय मानवअधिकार आयोगका पूर्वअध्यक्ष अनुपराज शर्मा प्रमुख अतिथि रहनुभएको थियो । उक्त कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य अर्जुननरसिंह केसी विशिष्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रममा प्रा.पुरुषोत्तम दाहालले स्वागत मन्तव्य राख्दै वर्तमान परिप्रेक्ष्यमा शिक्षामा देखिएका विकृतिहरूको चर्चा गर्नुभयो । उहाँले प्रतिभा पलायनप्रति चिन्ता प्रकट गर्दै हालको पढाइको स्तर खस्कँदै गएको अवस्थाको चित्रण गर्नुका साथै यस्तो अवस्थाप्रति हामीले चिन्ता र चासो प्रकट गर्नुपर्छ भन्ने विचार व्यक्त गर्नुभयो । जनकराज भट्टले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा कृतिमाथि टिप्पणी गर्दै प्राडा.विद्यानाथ कोइरालाले पुस्तकलाई विभिन्न कोणबाट हेर्नुपर्ने र वर्तमान शिक्षा क्षेत्रमा देखापरेका कमीकमजोरी, विकृतिहरू हटाउन नैतिक शिक्षाको आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो । उहाँले प्रतिभा पलायन रोक्नुपर्ने विचार व्यक्त गर्नु हुँदै बालबालिकाहरूले प्रयोग गर्दै आएका प्रविधिहरूका सकारात्मक पक्षलाई मात्र अंगीकार गर्नुपर्ने वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा साहित्यकार श्रीपुरुष ढकाल, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा.तीर्थ खनियाँ, नेपाल सरकारका पूर्वसचिव जनार्दन नेपाल, पूर्वसचिव तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रपुरुष ढकाल, सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा.केदारभक्त माथेमालगायत वक्ताहरूले उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि शर्मा स्वास्थ्यका कारणले बोल्न सक्नुभएन, इसाराले शुभकामनामात्र प्रकट गर्नुभयो । विशिष्ट अतिथि अर्जुननरसिंह केसीले प्राचीनकालीन वर्तमानकालीन र भोलिको आवश्यकता अनुरूपको शिक्षाको कल्पना गरेर यो पुस्तक लेखिएको छ भन्ने धारणा प्रकट गर्नुभयो । उहाँले आफू शिक्षामन्त्री हुँदाका अनुभव बताउँदै त्यसबेला आफूले धेरै काम गर्न नसकेको स्वीकार गर्नुभयो ।
कार्यक्रममा लेखक गौतमले पुस्तक लेखनबारेका आफ्ना अनुभवहरू बताउनुभयो । उहाँले भिडको पछि लाग्ने खालको शिक्षा नभई आत्मनिर्णय गर्नसक्ने शिक्षाको आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो । सञ्चालक जनकराज भट्टले नै धन्यवादसमेत ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा शीतल कोइराला पनि बोल्नुभएको थियो । कार्यक्रमको अन्त्यमा सभापति प्रा.कृष्ण खनालले शिक्षा ज्ञानमा पुग्ने माध्यम वा वातावरणमात्र हो भन्नुहुँदै शिक्षा क्षेत्रमा केही सुधार र परिवर्तन गर्न सकिएन भने अरू कुनै क्षेत्रमा पनि कुनै प्रकारको परिवर्तन गर्न सकिँदैन भन्ने धारणा राख्नुभयो ।







भदौदेखि रास्वपाको ‘नागरिक, नीति र
बालेन नेतृत्वको सरकार शासकीय अराजकतामा
कांग्रेसभित्र बृहद् एकताका लागि राष्ट्रिय
विशेष महाधिवेशनबारे सर्वोच्चको पुनरावलोकन सामना
फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल
प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव