नेपाल-भारतमैत्री सम्बन्धका कतिपय अपरिहार्य तत्वमध्ये सांस्कृतिक सम्बन्ध र समानतालाई एउटा महत्त्वपूर्ण घटकको रूपमा लिन सकिन्छ । सरकारहरूको सञ्चालन आफ्नै तरिका र परिस्थितिहरूको बाध्यात्मक अवस्थाबाट भइरहेको हुन्छ तर यी दुई देशबीचको सांस्कृतिक समानताका कारण जनस्तरमा स्थापित सम्बन्ध र बन्धुत्व कहिल्यै कमजोर भएन । नेपाल र भारत एक अर्कासित आध्यात्मिक, धार्मिक एवं सांस्कृतिक रूपमा अनन्य भावले जोडिएका छन् । यी दुई देशबीचको सम्बन्धलाई बलियो र प्रगाढ बनाउन नेपाल र भारतका सरकारहरू समाजसेवी, सन्त-महन्त, बौद्ध भिक्षु, विद्वतजन एवं गुरु वर्ग तथा सेलिब्रिटीहरूले पनि ठूलो भूमिकाको निर्वाह गरेका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथ र जनकपुरधामको भ्रमण गरेपश्चात् यहाँ भारतका धार्मिक पर्यटकहरू ठूलो संख्यामा नेपाल आउने गरेका छन् । भारतीय सिनेमाका विश्वप्रसिद्ध कलाकारहरू, भारतीय क्रिकेटका प्रसिद्ध खेलाडी तथा समाजका चर्चित व्यक्तित्व पशुपतिनाथ मन्दिरमा पूजा अर्चना, दर्शन गर्नु, नेपालको प्राकृतिक सौन्दर्य एवं मनोरम दृश्यहरूको चर्चा, प्रशंसा गर्नुले पनि भारतीय पर्यटक र धार्मिक तीर्थयात्रीहरूलाई नेपालतिर आकर्षित गरिरहेको छ । अहिले भारतीय सिनेमाका सलमान खान, नाना पाटेकर, अक्षयकुमार, माधुरी दीक्षित, अनिल कपुर आदि चर्चित हिरो एवं हिरोइनहरूले नेपालको पर्यटकीय सौन्दर्य, हिमाली क्षेत्रका विशेषता र मनोरम दृश्यहरूबारे भारतीय सञ्चारमाध्यमबाट प्रशंसा गरिरहेका छन् ।
पुराना एवं दिग्गज अभिनेता देवआनन्द हिन्दी चलचित्रमा काठमाडौं, नेपाली परिवेश, नेपालका विभिन्न स्थलहरू, नेपाली भाष र नेपाली कलाकारहरूलाई समेत आफ्नो फिल्ममा स्थान दिने गर्दथे । उनका फिल्मका केही गानाहरूमा नेपाली धुनका संगीत र नेपाली भाषाको मिठास पाउन सकिन्छ । अमिताभ बच्चनले पनि नेपालमा एउटा फिल्मको सुटिङ गरेका थिए ।
हालै बलिउड अभिनेत्री शिल्पा सेट्टीले नेपाल आएर पशुपतिनाथको मन्दिरमा पुगिन् । काठमाडौंमा एक कार्यक्रममा भाग लिनका लागि आएकी उनले बैदिक विधिअनुसार पूजा-अर्चना गरिन् । शिल्पा सेट्टी पशुपतिनाथको मन्दिरमा रहँदासम्म त्यहाँ उल्लेखनीय भिड थियो । पशुपतिनाथको मन्दिर, नेपालका अन्य धार्मिक र पर्यटीयस्थलहरू केवल धार्मिक आस्थाको हिसाबले मात्रै होइन भारतीय चलचित्र उद्योगका चर्चित कलाकारहरूको पनि प्रमुख गन्तव्य बन्दैगएको छ । उनीहरूले फिल्मको छायांकन, सांस्कृतिक कार्यक्रम, अवार्ड समारोह र निजी भ्रमणका लागि पनि उपयुक्तस्थल ठान्ने गरेका छन् । नेपाल भ्रमणमा आउने भारतीयहरू पशुपतिनाथ धाम र मुक्तिनाथ धामको दर्शन एवं पूजालाई आफ्नो भ्रमण सूचीमा अनिवार्य रूपमा समावेश गर्ने गर्दछन् । पोखरामा पर्यटकीय लाभ उठाउनु र गर्मी छल्नु त सामान्य कुरा हो ।
पुराना एवं दिग्गज अभिनेता देवआनन्दले त हिन्दी चलचित्रमा काठमाडौं, नेपाली परिवेश, नेपालका विभिन्नस्थल, नेपाली भाष र नेपाली कलाकारहरूलाई समेत आफ्नो फिल्ममा स्थान दिने गर्दथे । उनका फिल्मका केही गानाहरूमा पनि नेपाली धुनका संगीत र नेपाली भाषाको मिठास पाउन सकिन्छ । अमिताभ बच्चन पनि नेपालमा एउटा फिल्मको सुटिङ गरेका थिए । उनले पनि पशुपतिनाथको मन्दिरमा पूजा अर्चना गरेका थिए । भारतीय क्रिकेट टिमका पूर्वकप्तानद्वय र चर्चित क्रिकेटर सचिन तेण्दुलकर र महेन्द्रसिंह धोनी पनि पशुपतिनाथको मन्दिरमा दर्शन एवं पूजा पाठ गरेका छन् ।
भारतीय अभिनेता राकेशवेदी, अभिनेत्री सोनल चौहान, प्रसिद्ध अभिनेता संजयदत, अनुपम खेर, शत्रुधन सिन्हा, हेमा मालिनी, मनोज वाजपेयी, पंकज त्रिपाठीलगायत कलाकारहरूले पशुपतिनाथको दर्शनपछि आफूमा आश्चर्यजनक परिवर्तनको अनुभूति गरे । नेपाल पर्यटन बोर्डका अनुसार नेपाल आउने विदेशी पर्यटकको सबैभन्दा ठूलो स्रोत मुलुक भारत हो, जसको मुख्य आधार धार्मिक पर्यटन हो । खुला सिमाना, सहज आवागमन, साझा हिन्दु सभ्यता, भगवान शिवप्रतिको समान आस्था तथा काठमाडौंसम्म सहज, पहुँचका कारण पनि भारतीय धार्मिक श्रद्धालु तथा सेलिब्रिटीहरूको निम्ति पनि यो प्रमुख पर्यटकीयस्थल बनेको छ । पशुपतिनाथको दर्शनबिना मानव जीवन सफल नहुने हिन्दु धर्मको मान्यताका कारण पनि प्रत्येक हिन्दु आफ्नो जीवनमा एकपटक भए पनि पशुपतिको दर्शन गर्न चाहन्छन् ।
भारतीय धार्मिक पर्यटकमध्ये अधिकांश शाकाहारी हुने गर्दछन् । शाकाहारी पर्यटकहरू शुद्धताको बढी ध्यान दिन्छन्, त्यसकारण लहसुन, प्याज र अण्डाको बिक्री हुने गरेको पसलबाट कुनै पनि सामान खरिद गर्न चाहन्नन् । यसलाई नेपालमा गलत अर्थमा पनि लिने गरिन्छ जबकि नेपालका तीर्थयात्रीहरू भारत भ्रमणमा जाँदा त्यसभन्दा पनि बढी शुद्धताको ख्याल गर्दछन् । यस्ता भारतीय तीर्थ यात्रीहरूलाई कहाँ व्यवस्थित तरिकाले राख्ने ? कसरी आतिथ्य प्रदान गर्ने र ठाउँ ठाउँमा हेल्पडेक्स खोल्ने अथवा ठाउँठाउँमा सार्वजनिक सूचना जारी गर्नुपर्ने हुन्छ ।
भारतीय सेलिब्रिटीहरूको भ्रमणले नेपालको धार्मिक पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न ठूलो योगदान पुर्याएको स्वीकारोक्ति नेपलका पर्यटन व्यवसायीहरूको रहेको छ । सेलिब्रिटीहरू पशुपतिनाथको दर्शन र नेपाल भ्रमणबारे आफ्नो फोटोलाई फेसबुक र इन्स्टाग्राममार्फत पोष्ट गरिदिएपछि अन्तर्राष्ट्रियस्तरमै राम्रो म्यासेज जान्छ । धार्मिक पर्यटनले होटल, यातायात, हस्तकला, स्थानीय व्यवसाय र सांस्कृतिक पर्यटनमा प्रत्यक्ष आर्थिक प्रभाव पार्ने गर्दछन् ।
आजभन्दा १२ वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पहिलो नेपाल भ्रमणमा आउँदा पशुपतिनाथको महत्त्वबारे प्रकाश पार्दै भनेका थिए कि तपाईं विश्वका जुन सुकै ठाउँमा पनि तीर्थ गर्न जानुहोस् तर जबसम्म नेपालको पशुपतिनाथ मन्दिरको दर्शन गर्नुहुन्न तबसम्म तपाईंका तीर्थ यात्राहरूले पूर्णता प्राप्त गरेको मान्न सकिँदैन ।
आजभन्दा १२ वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पहिलो नेपाल भ्रमणमा आउँदा पशुपतिनाथको महत्त्वबारे प्रकाश पार्दै भनेका थिए कि तपाईं विश्वका जुन सुकै ठाउँमा पनि तीर्थ गर्न जानुहोस् तर जबसम्म नेपालको पशुपतिनाथ मन्दिरको दर्शन गर्नुहुन्न तबसम्म तपाईंका तीर्थ यात्राहरूले पूर्णता प्राप्त गरेको मान्न सकिँदैन । नेपालमा ‘डलर’ होइन भारतीय मुद्रा पनि चलने भएका कारण युरोप र एशियाका अन्य देशहरूमा पर्यटकको रूपमा जानुभन्दा नेपाल नै उपयुक्त हुने सुझाव दिएका थिए । निकट भविष्यमै दिल्लीको मुख्यमन्त्री रेखा गुप्ता पनि पशुपतिनाथको मन्दिरमा दर्शन र पूजापाठ गर्ने कार्यक्रम छ । पशुपतिनाथ मन्दिर केवल नेपालीहरूको आस्थाको केन्द्र मात्र नभई दक्षिण एशियाका करोडौं हिन्दु र विश्वकै हिन्दुहरूको आस्थाको केन्द्र छ । हरेक वर्ष भारतीय कलाकार, उद्योगपति, खेलाडी तथा राजनीतिक व्यक्तिहरूको आगमनले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुगिरहेको छ ।
नेपाल-भारतबीचको सांस्कृतिक सम्बन्धलाई हामी कुनै निश्चित समयको सीमाभित्र बाँध्न सक्दैनौं । किनभने बौदिक ज्ञानको अस्तित्वलाई हामी आफूसँगै सुन्दै र बुझ्दै आएका छौं । धर्म, अध्यात्मक र सांस्कृतिकको एकताले भारतलाई नेपालसित आन्तरिक रूपमा यसरी बाँधिदिएको छ कि दुबै देशका जनता पृथक भएर पनि उभिन्न छन् । नेपालसित भारतको सम्बन्ध त्यति नै प्राचीन छ, जति प्राचीन यसको सांस्कृतिक चेतना छ । नेपाल र भारत दुवै देश एउटै सांस्कृतिक चेनाकावाहक र साझेदार छन् । हिमालय हामी सबैको निम्ति साधनाको स्थल रही आएको छ । अनन्तकालदेखि नै हिमालयका महान-शिखरहरूले हामी दुबैलाई आध्यात्मिक शान्ति प्रदान गर्दै आएको छ ।
देवताहरूको आत्मा, ऋषिमुनिहरूको तपोभूमि, गंगा, यमुना, कोशी, गण्डकी, कर्णालीको उदगमस्थल, विदेशीहरूको आकर्षणको केन्द्र मनोहर हिमालय यस पृथ्वीको मापन मञ्च हो । यसको पूर्वी तथा पश्चिमी क्षेत्र महासागरबाट स्नेह प्राप्त गर्दै अनादिकालदेखि स्थित छ । यो रमणीय हिमालय, नेपाल र भारतका प्रत्येक व्यक्तिको आस्था एवं श्रद्धाको केन्द्र बिन्दु रहिआएको छ । यसको दक्षिणी क्षेत्रमा नेपाल र भारत अवस्थित छ । जगतका माता-पिता पार्वती र शंकर हाम्रा आदिदेव हुन् । उनको निवास स्थान कैलास पर्वत, नेपाल र भारतका श्रद्धालुहरूको पवित्र तीर्थस्थल हो । यी दुबै देश अधिकांश जनता हिन्दु भए पनि यहाँका दुईतिहाइ जनताले धर्म निपेक्षतालाई स्वीकार गरेका छन् । नेपालको सांस्कृतिक र धार्मिक पर्यटन विकासमा भारतका सेलिब्रिटीहरूको ठरूलो भूमिका ।







मनसुनी वायुको प्रभाव, देशका केही
यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला