काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले थप तीन दिनको म्याद दिएको छ।
न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले बिहीबार श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।
श्रेष्ठको थुनामुक्तिको माग गर्दै नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजय मिश्रसहित वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले बहस गर्नुभएको थियो।
बहसमा शम्भू थापा, बारका महासचिव केदार कोइराला, गोविन्द बन्दी, अम्बर राउत, भक्तिराम घिमिरे, गोपालकृष्ण घिमिरे, डा. प्रेमराज सिलवाल, पुष्प पौडेल, चुडामणि पौडेल, सन्तोष भण्डारी, टीका कुँवर, आर.सी. गौतम, राधिका खतिवडा, अर्जुन खड्का र बद्री भुसाल सहभागी हुनुभएको थियो।
श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुरस्थित उहाँकै निवासबाट पक्राउ गरेको थियो।
उहाँको पक्राउलाई लिएर पत्रकार महासंघलगायत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेका विभिन्न संघ–संस्थाले विरोध जनाउँदै रिहाइको माग गर्दै आएका छन्।







विशेष महाधिवेशनबारे सर्वोच्चको पुनरावलोकन सामना
फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल
प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन