बर्दिया । घरायसी विवादपछि शरीरमा डिजेल खन्याएर आगो लगाउँदा बर्दियाकी एक महिला गम्भीर घाइते भएकी छन्।
गुलरिया नगरपालिका–९ की ४५ वर्षीया माधुरी गोडिया बुधबार श्रीमान् नरेश गोडियासँग विवाद भएपछि भान्सामा राखिएको डिजेल शरीरमा खन्याएर आगो लगाउँदा घाइते हुनुभएको हो।
आगोले उहाँको कम्मरमुनिको अधिकांश भाग जलेको प्रहरीले जनाएको छ। घाइते गोडियालाई तत्काल उपचारका लागि बाँकेको भेरी अस्पताल लगिएको थियो।
भेरी अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकले थप उपचारका लागि काठमाडौं लैजान सिफारिस गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी रेशम बोहराले जानकारी दिनुभयो।
डीएसपी बोहराका अनुसार गोडियाको अवस्था गम्भीर रहेको छ।







विशेष महाधिवेशनबारे सर्वोच्चको पुनरावलोकन सामना
फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल
प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन