धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ।
मुख्यमन्त्री शाहले बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा पत्र बुझाउनुभएको हो। त्यसअघि प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै उहाँले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो।
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा पर्नुभएको थियो। सत्ता गठबन्धनमा देखिएको विवाद र बजेट पारित हुन नसकेपछि उहाँले राजीनामा दिनुभएको हो।
बजेटको विषयलाई लिएर नेपाली कांग्रेस र एमालेबीचको गठबन्धनमा खटपट भएपछि सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट प्रदेशसभाबाट पारित हुन सकेको थिएन। बजेट पारित हुन नसक्दा प्रदेश अहिले बजेट शून्यताको अवस्थामा छ।
यसैबीच, एमालेको समर्थनमा नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता खगराज भट्टले सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गर्नुभएको छ। भट्टलाई मुख्यमन्त्री बनाउने गरी नयाँ सत्ता समीकरण अघि बढेको हो।







नाइमा मोबिलिटी एक्स्पोमा ५५ ब्रान्ड
गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो
सरकारको पूर्ण मूल्याङ्कन गर्ने बेला
सरकार लक्ष्यबाट विमुख भए हस्तक्षेप
सुनको मूल्य तोलामा चार हजार