काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको अनुभव पार्टीको वैधानिक रूपान्तरणमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसेले नेपालको लोकतान्त्रिक आन्दोलनमा देउवाले पुर्याउनुभएको योगदान र अनुभव पार्टीका लागि विशेष उपयोगी हुने बताउनुभयो।
उपचारका क्रममा विदेशमा रहनुभएका देउवा बिहीबार स्वदेश फर्किनुभएको हो। नेपाल फर्किएपछि उहाँलाई कांग्रेस नेता तथा कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका थिए।
प्रवक्ता चालिसेले नेपालको लोकतान्त्रिक आन्दोलनमा देउवाले खेल्नुभएको भूमिकाको पार्टीले उच्च मूल्यांकन गर्ने बताउनुभयो।
‘नेपालको लोकतान्त्रिक आन्दोलनमा पार्टीले उहाँको भूमिकाको उच्च मूल्यांकन गर्दछ। उहाँको अनुभव पार्टीका लागि विशेष उपयोगी हुनसक्छ। पार्टीको वैधानिक रूपान्तरणमा उहाँले भूमिका खेल्नुहुन्छ भन्ने विश्वास लिएका छौँ,’ उहाँले भन्नुभयो।
पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति कांग्रेसको आपत्ति
यसैबीच, कांग्रेसले वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि भएको धरपकड र पक्राउप्रति आपत्ति जनाएको छ।
प्रवक्ता चालिसेले कुनै घटनाको न्यायिक निरूपण आधिकारिक प्रक्रियामार्फत हुनुपर्ने भए पनि सत्ताको बलमा प्रेसको घाँटी निमोठ्ने प्रयास भएको टिप्पणी गर्नुभयो। उहाँले श्रेष्ठको पक्राउलाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा व्याख्या गर्नुभयो।
कांग्रेस प्रेस स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गर्दै उहाँले पत्रकार श्रेष्ठको पक्राउको विरोध गर्नुभयो।
सत्तापक्षका सांसदलाई मर्यादामा बस्न आग्रह
कांग्रेसले सार्वजनिक लेखा समितिको बैठकमा सत्तापक्षका सांसदहरूले मर्यादाविपरीत तथा असभ्य भाषा प्रयोग गरेको विषयमा समेत आपत्ति जनाएको छ।
यस्तो व्यवहार उन्नत लोकतन्त्रका मूल्य–मान्यताविपरीत भएको कांग्रेसको ठहर छ। प्रवक्ता चालिसेले सत्तापक्षका सांसदहरूलाई आफ्नो आचरण र मर्यादामा ध्यान दिन आग्रह गर्नुभयो।
‘आवेगमा नभएर मर्यादा र आचरणमा बस्नुपर्छ,’ उहाँले भन्नुभयो।







भदौदेखि रास्वपाको ‘नागरिक, नीति र
बालेन नेतृत्वको सरकार शासकीय अराजकतामा
कांग्रेसभित्र बृहद् एकताका लागि राष्ट्रिय
विशेष महाधिवेशनबारे सर्वोच्चको पुनरावलोकन सामना
फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल
प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव