काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद डा. अमरेशकुमार सिंहले देशभरका सार्वजनिक संस्था तथा सरकारी निकायमाथि भइरहेको हस्तक्षेपप्रति प्रश्न उठाउनुभएको छ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सांसद सिंहले सेना, प्रहरी तथा कर्मचारीको ‘हुर्मत लिने’ काम भइरहेको भन्दै सरकारको सुशासन र समृद्धिको रोडम्यापमाथि प्रश्न उठाउनुभएको हो।
उहाँले सार्वजनिक संस्था तथा सरकारी निकायमाथिको हस्तक्षेप, संसद्मा सांसदहरूले दिने अभिव्यक्ति, व्यापारीमाथिको धरपकड तथा नेपालको परराष्ट्र नीतिप्रति समेत असन्तुष्टि जनाउनुभएको छ।
सिंहले लेख्नुभएको छ, ‘देशैभरका सार्वजनिक संस्था, सरकारी निकायमाथि हस्तक्षेप, सेना, प्रहरी र कर्मचारीको हुर्मत लिने काम भइरहेको छ। सांसदहरूको वक्तव्य यस्तो छ कि सम्मानित संसद्कै बेइज्जती भइरहेको छ।’
व्यापारीमाथि भइरहेको धरपकडका कारण व्यवसायीहरू त्रसित रहेको उल्लेख गर्दै उहाँले नेपालको परराष्ट्र नीतिप्रति समेत अन्तर्राष्ट्रिय विश्वासको संकट देखिएको दाबी गर्नुभएको छ।
उहाँले थप लेख्नुभएको छ, ‘व्यापारीहरूको धरपकडले व्यापारीहरू त्रसित छन्। परराष्ट्र नीति त झन् यस्तो कि कसैले विश्वास गरिरहेको छैन (Trust deficit)।’
सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै सिंहले यस्तो अवस्थालाई नै समृद्धि र सुशासनको रोडम्याप मान्ने हो कि राज्यलाई अझ पछाडि धकेल्ने काम भइरहेको हो भन्ने विषयमा सोच्नुपर्ने समय आएको बताउनुभएको छ।
उहाँले प्रश्न गर्नुभएको छ, ‘के समृद्धि र सुशासनको रोडम्याप यही हो? कि राज्यलाई अझै पछाडि धकेल्ने काम भइरहेको छ? सोच्ने बेला भएको छैन?’






ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन
नेपालमा पहिलो ‘कमेडी एक्ट’ रियालिटी
कांग्रेसको १५औँ महाधिवेशनको मिति तलमाथि
कलाकारितामा हास्य विधा सबैभन्दा चुनौतीपूर्णः