राैतहट । रौतहटमा कुकुरलाई जिपले ठक्कर दिएको आरोपमा चालक माथि गरिएको कुटपिट घटनाकाे दाेषीलाई कार्यवाहीकाे माग गर्दै ईभी चालकहरुले गाैर चन्द्रनिगाहपुर सडक जाम गरेर प्रदर्शन सुरु गरेका छन् ।
साेमबार राती करिब ९ बजे गाैर देखि दुर्गाभगवती गाउँपालिका तर्फ जाँदै गर्दा चालक अरविन्द पण्डितमाथि निर्मम कुटपिट भएको घटनाको विरोधमा ईभी चालकहरू आन्दोलित भएका हुन्।
चालकलाई बाटोमै रोकेर जबर्जस्ती गाडीबाट सिर्सिया चाैकमा लगेर रुखमा बाँधेर मरणासन्न हुनेगरि भएको कुटपिट घटनाको दोषीमाथि कारबाहीको माग गर्दै ईभी चालकहरूले गौर बसपार्क नजिक विरेन्द्र राजमार्गमा चक्काजाम गरेर प्रदर्शनमा उत्रिएका हुन् ।
सोमबार राति राजदेवी नगरपालिका-२ हजमिनियाबाट चालक पण्डितलाई नियन्त्रणमा लिएर गौर-९ सिर्सियास्थित चाैकमा पुर्याई कुटपिट गरिएको थियाे । घटना अनुसंधानकाे क्रममा एक जना प्रहरी नियन्त्रणमा रहेका छन् भने अन्यकाे खोजी भइरहेको छ ।
गम्भीर घाइते पण्डितको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ । घटनाको विरोधमा चालकहरूले सडकमा सुरक्षाको प्रत्याभूति र दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन् ।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :