कैलाली । सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का खगराज भट्ट नियुक्त हुनुभएकाे छ । निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो ।
नेकपा संसदिय दलका नेता समेत रहनुभएका खगराज भट्टले नेकपा एमालेकाे समर्थनमा प्रदेश प्रमुख नजिर मियाँ समक्ष दावी पेश गर्नुभएकाे थियो ।
प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि शुक्रबार बिहान ११ बजेसम्म दाबी पेस गर्न समय दिनु भएकाे थियो ।
दाबी पेस भएपछि प्रदेश प्रमुखले भट्टलाई शुक्रबार नै मुख्यमन्त्री नियुक्त गर्नुभएको हाे । आजै दिउँसो ३ बजे मुख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रम तय गरिएको छ ।
मुख्यमन्त्री नियुक्त भएलगत्तै भट्टले मन्त्रिमण्डल विस्तार गर्ने सम्भावना पनि रहेको नेताहरूले बताएका छन् । नेकपा र एमालेबीच यसअघि नै मन्त्रालयको भागबण्डामा सहमति भइसकेको छ । सहमतिअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय तथा एमालेले तीन मन्त्रालयको जिम्मेवारी पाउनेछ ।
एमालेले आर्थिक मामिला, सामाजिक विकास तथा वन वा कृषि मन्त्रालयमध्ये एउटा मन्त्रालयको नेतृत्व पाउने स्रोतले जनाएको छ । यसअघि गत असार ३१ गते एमालेले बजेटप्रति असहमति जनाउँदै कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
समर्थन गुमेपछि दबाबमा परेका शाहले बिहीबार प्रदेशसभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :