काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई बरामद सामानसहित अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले भदौ १ गते श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
अदालतले श्रेष्ठविरुद्ध परेको जाहेरीसहितको अनुसन्धान फाइल तथा उनको घर र कार्यालयबाट बरामद सीपीयू, ल्यापटप, आइप्याड र मोबाइलसमेत लिएर उपस्थित हुन आदेश दिएको छ ।
जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठलाई प्रहरीले साउन २७ गते राति पक्राउ गरेको थियो । पक्राउपछि उनको घरमा छापा मारेर ल्यापटपलगायत सामग्री नियन्त्रणमा लिइएको बताइएको छ ।
श्रेष्ठमाथि वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । जिल्ला अदालतले बिहीबार अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेपछि श्रेष्ठ जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा थिए । यसअघि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा राखिएका पत्रकार श्रेष्ठलाई अहिले भने प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखिएको छ ।
रिटमा काठमाडौं जिल्ला अदालत र जिल्ला प्रहरी परिसर, भद्रकालीलाई विपक्षी बनाइएको छ । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू टिकाराम भट्टराई र रमेश बडालले बहस गरेका थिए ।







मकवानपुरमा न्यायाधीश सवार स्कार्पियो दुर्घटना,
ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७
स्कुटर दुर्घटनामा युवकको मृत्यु
बेलायत निर्मित ड्रोन रुसी भूभागमा