काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको संस्थापनइतर पक्षका नेताहरूलाई जेठ १६ गते निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमक्ष पेश गरिएको ७ बुँदे प्रस्तावमाथि छलफल गर्न आग्रह गर्नुभएको छ ।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै शर्माले उक्त प्रस्तावमा के-के थपघट गर्ने भन्ने विषयमा छलफल गरी आवश्यक निर्णय लिन आग्रह गर्नुभयो ।
संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु हुनुअघि शर्माले पार्टी एकताका लागि आफूले सानेपाबाट निरन्तर पहल गरिरहने बताउनुभयो । पार्टीभित्र देखिएको मतभेदलाई संवाद र सहमतिमार्फत समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :