काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का पूर्वमहामन्त्री डा। धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता गराउनुभएको छ।
७९ जना केन्द्रीय सदस्य रहने गरी राणाले शुक्रबार आफ्नो नेतृत्वमा दल दर्ता गराउनुभएको हो। नवगठित पार्टीको चुनाव चिन्ह ‘त्रिभुज’ राखिएको छ भने पार्टीको झण्डामा सेतो रंगको त्रिभुज चिन्ह रहने जनाइएको छ।
मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंबिनै राणाले पार्टी दर्ता गराउनुभएको हो। शक्ति बाँडफाँटलगायत विषयमा सहमति जुट्न नसकेपछि पार्टी दर्ताको अन्तिम चरणमा राणा र प्रसाईं अलग हुनुभएको बताइएको छ।
यसअघि राणा र प्रसाईं मिलेर नयाँ राजनीतिक दल गठन गर्ने तयारी गर्नुभएको थियो। तर, नेतृत्व तथा शक्ति बाँडफाँटको विषयमा सहमति हुन नसकेपछि राणाले छुट्टै दल दर्ता गराउनुभएको हो।
निर्वाचन आयोगमा पार्टी दर्ता गराएर बाहिरिँदै गर्दा राणा पार्टीको नयाँ राजनीतिक यात्राका लागि अघि बढ्नुभएको छ। ‘जय नेपाल पार्टी’ले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार तथा राजनीतिक गतिविधि अघि बढाउने तयारी गरेको जनाइएको छ।







राशिफल २२ साउन, वृष :
‘जय नेपाल पार्टी’को उदय :
नयाँ तलबमान सार्वजनिक
कांग्रेस विवाद निरूपणको प्रश्न फेरि
सेलिब्रेटी सांसदहरूलाई धक्का
शरणार्थीले निम्त्याउने समस्या