काठमाडौं । मलेसियामा आगामी अगस्ट २९ देखि सुरु हुने एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोली प्रतियोगिताको तयारीका लागि आज भारत प्रस्थान गर्नेछ। टोलीले भारतमा करिब १० दिन प्रशिक्षण तथा अभ्यास खेलमार्फत प्रतियोगिताको तयारी गर्ने तालिका रहेको छ।
भारतमा तयारी पूरा गरेपछि नेपाली टोली उतैबाट मलेसिया प्रस्थान गर्नेछ। प्रतियोगिता अगस्ट २९ देखि मलेसियामा सुरु हुनेछ।
प्रतियोगितालाई आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि महत्वपूर्ण तयारीका रूपमा हेरिएको छ। नेपाली टोलीले भारतमा उच्चस्तरीय अभ्यास गर्दै मलेसियामा हुने प्रतियोगिताका लागि आफ्नो रणनीति र खेल संयोजनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
सन्दीप लामिछानेको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ।






ज्योति बैंकमा नेपालपे कार्ड सेवा
‘कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्’
एथरको मेगा उपहार योजना
‘हुलास डे २०२६’ मा सामुदायिक
प्रस्तावित दूरसञ्चार ऐनको अवधारणा पत्र
केयू-सिकागो विश्वविद्यालयको सहकार्यमा अन्तर्राष्ट्रिय अनुवाद