काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संस्थापनइतर समूहले आयोजना गरेको राष्ट्रिय भेलाको विधिवत् उद्घाटन गर्नुभएको छ।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भइरहेको भेलामा देउवा कार्यक्रम सुरु भएको करिब डेढ घण्टापछि पुग्नुभएको थियो। उहाँ भेलास्थल प्रवेश गर्दा सहभागीहरूले उठेर स्वागत गरेका थिए।
करिब साढे पाँच महिनापछि बिहीबार मात्रै नेपाल फर्किनुभएका देउवाको नेपाल फर्किएपछिको यो पहिलो औपचारिक राजनीतिक कार्यक्रममा सहभागिता हो। लामो समय उपचारका लागि विदेशमा रहनुभएका देउवा नेपाल फर्किएलगत्तै पार्टीका नेताहरूसँग छलफलमा सक्रिय हुनुभएको छ।
भेलामा देउवा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको हो। उहाँले भेलालाई सम्बोधनसमेत गर्ने कार्यक्रम रहेको छ।
विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई चुनौती दिँदै देउवा र डा. शेखर कोइराला पक्षले राष्ट्रिय भेला आयोजना गरेको हो। कांग्रेसभित्र आन्तरिक विवाद चर्किरहेका बेला आयोजना गरिएको भेलालाई शक्ति प्रदर्शनका रूपमा समेत हेरिएको छ।
भेलामा संस्थापनइतर पक्षका शीर्ष नेताहरू तथा केन्द्रीय सदस्यहरूको उल्लेख्य सहभागिता रहेको छ। पार्टीभित्रको पछिल्लो विवाद, विशेष महाधिवेशन, सर्वोच्च अदालतको पछिल्लो आदेश तथा आगामी राजनीतिक रणनीतिका विषयमा भेलामा छलफल हुने बताइएको छ।
देउवा र इतर समूहका नेताहरूले पार्टी एकता कायम राख्ने विषयमा समेत धारणा राख्ने तयारी गरेका छन्। कांग्रेसको आन्तरिक विवादबीच आयोजना गरिएको यस भेलाले आगामी शक्ति समीकरणमा समेत प्रभाव पार्ने आकलन गरिएको छ।
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :