काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीलाई एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गर्नुपरेको बताउनुभएको छ।
शुक्रबार काठमाडौंमा सुरु भएको कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टीभित्र एकता कायम गर्नु आफ्नो कर्तव्य भएको बताउनुभएको हो।
‘यो भेलाको आयोजना गर्नुपर्यो ? किनभने नेपाली कांग्रेसलाई एकजुट बनाउनुपर्ने मेरो कर्तव्य हो,’ उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस एकजुट भएको खण्डमा कसैले पनि पराजय गर्न सक्दैन। यसको मुख्य उद्देश्य यही हो।’
कोइरालाले कांग्रेसलाई बलियो बनाउन सबै पक्षबीच एकता र सहकार्य आवश्यक रहेको बताउनुभयो। पार्टीभित्र देखिएको विवाद समाधान गर्दै संगठनलाई एकताबद्ध बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
भेलामा कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको छ। देउवाले भेलालाई सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ।
विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई चुनौती दिँदै देउवा र डा. शेखर कोइराला पक्षले राष्ट्रिय भेला आयोजना गरेको हो। कांग्रेसभित्र आन्तरिक विवाद चर्किरहेका बेला आयोजना गरिएको भेलालाई शक्ति प्रदर्शनका रूपमा समेत हेरिएको छ।
भेलामा संस्थापनइतर पक्षका शीर्ष नेताहरू तथा केन्द्रीय सदस्यहरूको उल्लेख्य सहभागिता रहेको छ। पार्टीभित्रको पछिल्लो विवाद, विशेष महाधिवेशन, सर्वोच्च अदालतको पछिल्लो आदेश तथा आगामी राजनीतिक रणनीतिका विषयमा भेलामा छलफल हुने बताइएको छ।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :