काठमाडौं । सरकारले काठमाडौंमा २४ सै घण्टा खाना पकाउने ग्यास बिक्री गर्ने तयारी गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा शुक्रबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले काठमाडौंका विभिन्न स्थान तोकेर चौबिसै घण्टा ग्यास बिक्री गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।
उहाँका अनुसार काठमाडौंका उपयुक्त स्थान पहिचान गरी करिब ३० देखि ५० ठाउँमा ग्यास बिक्रीको व्यवस्था मिलाउने तयारी गरिएको छ।
‘काठमाडौंका विभिन्न ठाउँ हेरेर ३०/४० वा ५० ठाउँमा ग्यास बिक्रीका लागि तयारी भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो।
ग्यासको आपूर्ति सहज बनाउन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, नेपाल आयल निगम तथा ग्यास उद्योग संघबीच समन्वय गरेर बिक्री तथा वितरण प्रणाली व्यवस्थित गर्न लागिएको हो।
उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न सकून् भन्ने उद्देश्यले बिक्री केन्द्र विस्तार गरी चौबिसै घण्टा सेवा सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ।







आन्दोलनका कारण योजनावद्ध काम गर्न
करिब ६४७ किलो गाँजासहित दुई
विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष
मेसीको दुई गोलमा इन्टर मियामीको
नेपालले एसियाडमा २२ खेलमा १३६
२०२७ एकदिवसीय विश्वकप छनोट