काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त हुनुभएको छ।
विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री बालेन शाहले प्रा.डा. बराललाई उपकुलपतिमा नियुक्त गर्नुभएको हो।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित सिफारिस समितिले बरालको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो। समितिको सिफारिसका आधारमा प्रधानमन्त्री शाहले उहाँलाई नियुक्त गर्नुभएको हो।
नवनियुक्त उपकुलपति प्रा.डा. बराल काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागमा प्राध्यापकका रूपमा कार्यरत हुनुहुन्छ।
उहाँको नियुक्तिसँगै काठमाडौं विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक नेतृत्वमा नयाँ कार्यकाल सुरु भएको छ।
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :