काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि गरेको व्यवहारबारे ध्यानाकर्षण गराउन नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग भेट गर्न लाग्नुभएकाे छ ।
आइजिपी कार्की सभामुख अर्याललाई भेट्न सिंहदरबार पुग्नुभएकाे छ । सार्वजनिक लेखा समितिको बैठकमा सांसद सुनार र आइजिपी कार्कीबीच भएको भनाभन तथा व्यवहारका विषयमा आफ्नो धारणा राख्न कार्कीले सभामुखसँग भेट गर्न लागेको बताइएको छ।
बैठकका क्रममा सांसद सुनारले आइजिपी कार्कीलाई विभिन्न विषयमा प्रश्न गर्नुभएकाे थियाे । त्यसक्रममा भएको संवाद र व्यवहारलाई लिएर प्रहरी नेतृत्वले गम्भीर रूपमा ध्यानाकर्षण जनाएको छ।
सभामुखसँगको भेटमा आइजिपी कार्कीले घटनाको विषयमा जानकारी गराउँदै संसद्को बैठकमा प्रहरी प्रमुखमाथि भएको व्यवहारबारे आफ्नो ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :