धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
शुक्रबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री भट्टले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। नेकपा एमालेको समर्थनमा भट्ट शुक्रबार नै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।
मुख्यमन्त्री नियुक्त भएपछि भट्टले प्रदेश सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै जनताका अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले प्रदेश सरकारको स्थायित्व, विकास निर्माण र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ।
मुख्यमन्त्री भट्टको नेतृत्वमा सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठन भएको हो।







आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा
राजधानीमा विविध कार्यक्रमसहित मनाइयो ३२
सुशासनका लागि राजनीतिक नेतृत्वमा अनुशासन
सिंहदरबारको नाम फेर्न सांसद ढकालको
उच्च आर्थिक वृद्धिको लागि नीतिगत
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु,