काठमाडौं । नेपाली अभिनेत्री वर्षा सिवाकोटीले काठमाडौंमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा एमजी एस६ इलेक्ट्रिक एसयूभी बुकिङ गरेकी छन्।
भृकुटीमण्डपमा भइरहेको एक्स्पोको हल बी, स्टल एल२ मा रहेको एमजीको स्टलमा पुगेर सवारीसाधनको अवलोकन गरेपछि सिवाकोटीले एमजी एस६ बुकिङ गरेकी हुन्।
आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि तथा प्रिमियम विद्युतीय मोबिलिटीबाट प्रभावित भएर आफूले एमजी एस६ रोजेको बताइएको छ। बुकिङपछि एमजी एसएमआईएलका अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन प्रतिनिधि मुहम्मद फहाद दराईले सिवाकोटीलाई गाडीको साँचो हस्तान्तरण गर्नुभएको थियो।
यसैबीच, नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा एमजीले एमजी यू९ ईभी र एमजी एचएस एचईभी/पीएचईभी गरी दुई नयाँ मोडलसमेत सार्वजनिक गरेको छ। नयाँ मोडल सार्वजनिक भएसँगै प्रदर्शनीमा एमजीका विद्युतीय तथा हाइब्रिड सवारीसाधनप्रति आगन्तुकको आकर्षण बढेको कम्पनीले जनाएको छ।
साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा एमजीले नयाँ मोडलको अवलोकन तथा विशेष अफरको लाभ लिन इच्छुक ग्राहकलाई भृकुटीमण्डपको हल बी, स्टल एल२ मा रहेको एमजीको स्टलमा पुग्न आग्रह गरेको छ







हरेक वर्ष कोशीको बाढी र
विश्व आदिवासी दिवस आज, अधिकार
पर्यटन नीति एकातिर, बजेटको बाटो
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै,
इलाममा अदुवाको आकर्षक मूल्य, खेती
कान्ति राजमार्ग स्तरोन्नतिको भौतिक प्रगति