ललितपुर । लघुवित्त संस्थाबाट पीडित भएको भन्दै मधेशका विभिन्न जिल्लाबाट आएका पीडितहरू राष्ट्रिय मानवअधिकार आयोगमा ध्यानाकर्षण पत्र बुझाउन पुगेका छन्।
सर्लाही, धनुषासहित मधेशका विभिन्न जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर उनीहरू बिहीबार काठमाडौंको कलंकी आइपुगेका थिए। कलंकीबाट समेत पैदलयात्रा गर्दै उनीहरू ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग पुगेका हुन्।
पीडितहरूले आफूहरूले भोग्दै आएका समस्या र मागबारे आयोगको ध्यानाकर्षण गराउन पत्र बुझाउने तयारी गरेका छन्। तर, उनीहरूलाई आयोगभित्र प्रवेश गर्न दिइएको छैन। सुरक्षाकर्मीले आयोगको मुख्य गेटमै रोकेका छन्।
लघुवित्तका कारण आफूहरू आर्थिक तथा सामाजिक समस्यामा परेको भन्दै पीडितहरूले लामो समयदेखि विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन्। २३ दिनसम्म पैदलयात्रा गरेर काठमाडौं आइपुगेका उनीहरूले आफ्ना माग सम्बोधनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने प्रयास गरिरहेका छन्।






सरकार लेनभन्दा बाहिर जान पाउँदैन
नेपालमा पहिलो ‘कमेडी एक्ट’ रियालिटी
कांग्रेसको १५औँ महाधिवेशनको मिति तलमाथि
कलाकारितामा हास्य विधा सबैभन्दा चुनौतीपूर्णः
‘प्रदेशमा प्रतिपक्षविहीन सरकार बनाउने प्रस्ताव
पाल्पामा पर्यटकीयस्थलहरुको प्रचार– प्रसार गर्न