काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टी सभापति गगन थापालाई आफूले विगतमा गरेको ५५ वर्षको उमेरमा राजनीति छाड्ने घोषणा कार्यान्वयन गर्न चुनौती दिनुभएको छ।
कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले सभापति थापाको उमेर र उहाँले विगतमा व्यक्त गर्नुभएको प्रतिबद्धताको प्रसंग उठाउँदै यस्तो चुनौती दिनुभएको हो।
बस्नेतले सभापति थापा अहिले ५२ वर्ष पुगिसकेको र आगामी आवधिक निर्वाचनसम्म उहाँ ५५ वर्षको उमेर नाघिसक्ने दाबी गर्नुभयो। युवालाई अवसर दिने पक्षमा आफूले गरेको प्रतिबद्धताप्रति इमानदार भए अब थापाले नयाँ पुस्ताका लागि बाटो खोल्नुपर्ने उहाँको भनाइ थियो।
उहाँले भन्नुभयो, ‘युवाहरूलाई मौका दिने भन्दै गगन थापाजीले ५५ वर्ष पुगेपछि राजनीति छोड्छु भन्नुभएको थियो। अहिले उहाँ ५२ वर्ष भइसक्नुभयो, आगामी चुनावसम्म उहाँ ५५ वर्ष नाघिसक्नुहुनेछ। यदि आफ्नो बोलीप्रति प्रतिबद्ध हुनुहुन्छ भने उहाँले अब युवाहरूका लागि बाटो प्रशस्त गर्नुपर्छ।’
नेता बस्नेतले पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वको बचाउ गर्दै उहाँको रणनीतिक र कुशल नेतृत्वका कारण कांग्रेसले स्थानीय तह, प्रदेश, संघ तथा राष्ट्रिय सभामा सफलता हासिल गरेको दाबी गर्नुभयो।
कांग्रेस कमजोर भएको वा समाप्त भएको भन्ने धारणा यथार्थपरक नभएको जिकिर गर्दै उहाँले भन्नुभयो, ‘सभापति देउवाको बुद्धिमतापूर्ण नेतृत्व र रणनीतिका कारण आज कांग्रेस सबै तहमा शक्तिशाली बनेको छ। पार्टी सिद्धियो वा बर्बाद भयो भन्नु यथार्थविपरीत छ।’
बस्नेतले कांग्रेसभित्रको आन्तरिक एकता बलियो बनाउन अनुभवी नेतृत्वको आवश्यकता रहेको बताउनुभयो। नयाँ पुस्तालाई अवसर दिनुपर्ने भए पनि परिपक्व नेतृत्वविना पार्टी र देशले सही निकास पाउन नसक्ने उहाँको तर्क थियो।
कांग्रेसलाई थप सबल र एकीकृत बनाउन पूर्वसभापति देउवाको अभिभावकीय भूमिका आवश्यक रहेको बस्नेतले बताउनुभयो।







भदौदेखि रास्वपाको ‘नागरिक, नीति र
बालेन नेतृत्वको सरकार शासकीय अराजकतामा
कांग्रेसभित्र बृहद् एकताका लागि राष्ट्रिय
विशेष महाधिवेशनबारे सर्वोच्चको पुनरावलोकन सामना
फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल
प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव