काठमाडौँ । परराष्ट्र मामिलाका विज्ञ तथा पूर्वमुख्यसचिव शंकरदास बैरागीले नेपाल स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सामरिक रूपमा जोडिन नमिल्ने बताउनुभएको छ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै बैरागीले नेपालको परराष्ट्र नीति र संविधानले निर्धारण गरेको सीमाभन्दा बाहिर गएर एसपीपीसम्बन्धी कुनै निर्णय गर्न नसकिने बताउनुभयो।
उहाँले रणनीतिक तथा सामूहिक सैन्य संरचनासँग जोडिन नमिल्ने नेपालको नीतिका कारण तत्कालीन सरकारले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको स्पष्ट पार्नुभयो। नेपाल एसपीपीमा सहभागी हुँदा सामरिक पक्षबाट जोडिएको देखिन्छ कि देखिँदैन भन्ने विषयमा गम्भीर विश्लेषण आवश्यक रहेको उहाँको भनाइ थियो।
बैरागीले नेपालले पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको उल्लेख गर्दै कुनै पनि महाशक्ति राष्ट्रको सामरिक वा सैन्य सञ्जालमा जोडिनु नेपालको परराष्ट्र नीतिअनुकूल नहुने बताउनुभयो।
उहाँले भन्नुभयो, “रणनीतिक र सामूहिक कुरामा हामी जोडिनु हुँदैन भन्ने नै हाम्रो मुख्य चासो हो। त्यसकारण तत्कालीन सरकारले यसबाट पछि हट्ने निर्णय गरेको हो।”
नेपालको परराष्ट्र नीति र संविधानले तोकेको सीमालाई ध्यानमा राखेर एसपीपीमा सहभागी हुँदा त्यसबाट नेपाल सामरिक रूपमा जोडिएको देखिन्छ वा देखिँदैन भन्ने विषयको विश्लेषण नगरी अघि बढ्न नसकिने उहाँले स्पष्ट पार्नुभयो।
“हामी एसपीपीमा जोडिँदा सामरिक पाटोबाट जोडिएको देखिन्छ कि देखिँदैन भन्ने कुराको विश्लेषण नगरी यसमा सहभागी हुन सक्ने स्थिति छैन,” बैरागीले भन्नुभयो।
नेपाल सरकारले २०७९ असारमा एसपीपीलाई अघि नबढाउने तथा सहभागी नहुने औपचारिक निर्णय गर्दै त्यसको जानकारी अमेरिकालाई गराउने निर्णय गरेको थियो।







यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा