काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकको अस्तित्व र राष्ट्रियता गम्भीर संकटमा रहेको दाबी गर्दै यस्तो परिस्थितिको सामना गर्न काँग्रेस एकढिक्का हुनुपर्ने बताउनुभएको छ।
नेपाली काँग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै डा. कोइरालाले पछिल्लो राजनीतिक तथा सामाजिक परिस्थितिले मुलुकलाई गम्भीर मोडमा पुर्याएको उल्लेख गर्दै काँग्रेसभित्रको विभाजित मानसिकता अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले स्वास्थ्य उपचारपछि करिब पाँच महिनामा स्वदेश फर्किनुभएका पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सुस्वास्थ्यको कामना गर्दै उहाँको उपस्थितिलाई स्वागत गर्नुभयो।
डा. कोइरालाले नेपाली काँग्रेस सबैलाई समेटेर अघि बढ्ने र निरंकुशता स्वीकार नगर्ने पार्टी भएको बताउनुभयो। पार्टीभित्रको आन्तरिक विभाजन अन्त्य गरी संगठनलाई एकढिक्का बनाउन सके मात्रै अन्य राजनीतिक दल तथा शक्तिसँग सहकार्य र एकताको वातावरण निर्माण हुने उहाँको भनाइ थियो।
उहाँले भन्नुभयो, “मुलुक अहिले अत्यन्त संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ। देशको अस्तित्व र राष्ट्रियतामाथि खतरा उत्पन्न भएको छ। यो परिस्थिति किन निर्माण भयो भन्नेबारे हामीले गम्भीर समीक्षा गर्न आवश्यक छ।”
मुलुकको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उहाँले संसद्को अवस्थादेखि प्रेस स्वतन्त्रतासम्मका विषय चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो।
“संसद् कुन अवस्थामा छ भन्ने हामी सबैले देखिरहेकै छौँ। प्रजातन्त्रको मूल मन्त्र मानिने प्रेस स्वतन्त्रतामाथि अहिले अँध्यारो बादल छाउन थालेको छ। यसलाई चिर्न नेपाली काँग्रेसले नै नेतृत्वदायी भूमिका खेल्नुपर्छ,” उहाँले भन्नुभयो।
न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षताका विषयमा समेत धारणा राख्दै डा. कोइरालाले काँग्रेसले न्यायालयका निर्णयलाई सधैँ सम्मान गर्ने बताउनुभयो।






आन्दोलनका कारण योजनावद्ध काम गर्न
करिब ६४७ किलो गाँजासहित दुई
विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष
मेसीको दुई गोलमा इन्टर मियामीको
नेपालले एसियाडमा २२ खेलमा १३६
२०२७ एकदिवसीय विश्वकप छनोट