काठमाडौँ । नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्ने वैधानिक अधिकार १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मात्र रहेको स्पष्ट पार्नुभएको छ।
नेपाली काँग्रेसको संस्थापनइतर पक्षबाट डा. शशांक कोइरालाको संयोजकत्वमा गठित मूल आयोजक समितिले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै निधिले यस्तो बताउनुभएको हो।
उहाँले पार्टीको विधान र स्थापित परम्पराअनुसार १४औँ महाधिवेशनबाट निर्वाचित सभापति र कार्यसमितिले नै १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताउनुभयो। आगामी महाधिवेशनलाई सशक्त, सार्थक र सफल रूपमा सम्पन्न गर्नु नै अहिले पार्टीको मुख्य प्राथमिकता र कर्तव्य भएको उहाँको भनाइ थियो।
निधिले अराजक वा अवैधानिक प्रक्रियाबाट गठन गरिएका कुनै पनि समिति वा गतिविधिले पार्टीको आधिकारिकता प्राप्त गर्न नसक्ने जिकिर गर्नुभयो।
उहाँले भन्नुभयो, “१४औँ महाधिवेशनबाट १५औँ महाधिवेशनमा जानु स्वाभाविक प्रक्रिया र निरन्तरता हो। धोखाधडी वा कब्जा गरेर बनाइएका कुनै पनि विशेष महाधिवेशन वा कमिटीलाई १५औँ महाधिवेशन गराउने अधिकार छैन।”
भेलामा सहभागी नेता तथा कार्यकर्तालाई उक्त सन्देश देशभर पुर्याउन आग्रह गर्दै निधिले निर्वाचित सभापति र कार्यसमितिलाई स्वाभाविक प्रक्रियाबाट १५औँ महाधिवेशनसम्म पुर्याउने अभियानमा लाग्न आग्रह गर्नुभयो।







यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा