हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा धारिलो हतियार प्रहारबाट चार जना घाइते भएका छन्। गाडी पार्किङको विषयलाई लिएर भएको विवादपछि शुक्रबार बिहान करिब ११ः२० बजे घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार मनहरी गाउँपालिका–१ मकरीका ३० वर्षीय लक्ष्मण बर्तौला र अन्य व्यक्तिबीच गाडी पार्किङको विषयमा विवाद भएको थियो। विवादपछि बर्तौलाले अन्य व्यक्तिहरूलाई बोलाएर धारिलो हतियार प्रहार गर्दा चार जना घाइते भएका हुन्।
घटनापछि फरार भएका बर्तौलालाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये मनहरी गाउँपालिका–६ का २७ वर्षीय जीवन गोलेको ढाडमा चोट लागेको छ। हेटौँडा अस्पतालमा उपचाररत उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, ओखलढुङ्गाको सिंहदेवी गाउँपालिका–७ का २८ वर्षीय राइज आले मगरको ढाडमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको छ।
चितवनको राप्ती नगरपालिका–२ मिलनटोलका करिब ३२ वर्षीय रामबहादुर पाख्रीनको छाती तथा ढाडको पछाडिको भागमा चोट लागेको छ। उनको सीएमसी हेटौँडा अस्पतालमा उपचार भइरहेको छ भने अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
राप्ती नगरपालिका–४ डडुवाका २८ वर्षीय जीवन तामाङको दाहिने आँखामा भित्री चोट लागेको छ। उनको पनि सीएमसी हेटौँडा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।







मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट
आजका लागि तोकियो विदेशी मुद्राको
कक्षा १२ को मौका परीक्षाको
सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष
कठिन चुनौतीबीच जनादेशको जिम्मेवारी
नेपाल गुणस्तर परिषद्को बैठक :