बैंकिङ पहुँचबाहिरका ग्राहकलाई लक्षित गर्दै हायरपर्चेज कम्पनीले कर्जा दिँदै, मोबाइल खरिदमा २० प्रतिशत
काठमाडौँ । हायरपर्चेज कम्पनीहरूले हालसम्म करिब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। पछिल्लो समय हायरपर्चेज कम्पनीमार्फत प्रवाह हुने कर्जामध्ये ८० प्रतिशत सवारीसाधन खरिदमा र २० प्रतिशत मोबाइल खरिदमा जाने गरेको हुलास फिनसर्भ हायरपर्चेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत समिर ठाकुरले बताउनुभएको छ।
नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले बिहीबार आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ कार्यक्रममा बोल्दै ठाकुरले हायरपर्चेज कम्पनीहरूको मुख्य लक्षित वर्ग बैंकिङ प्रणालीमा सहज पहुँच पुग्न नसकेका ग्राहक रहेको बताउनुभयो।
उहाँका अनुसार नेपाल राष्ट्र बैंकले हायरपर्चेज कम्पनीहरूले कर्जा प्रवाह गर्न सक्ने क्षेत्र निर्धारण गरेको छ। सोही व्यवस्थाअनुसार कम्पनीहरूले सवारीसाधनसँगै मोबाइल तथा अन्य घरायसी सामग्री खरिदका लागि समेत कर्जा उपलब्ध गराउँदै आएका छन्।
“हाम्रो लक्षित वर्ग भनेको बैंकसम्म पुग्न नसक्ने ग्राहक हुन्। सानो कर्जाका ग्राहकलाई कर्जा प्रवाह गर्नु हाम्रो लक्ष्य हो,” ठाकुरले भन्नुभयो।
हायरपर्चेज कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर ग्राहकलाई पुनः कर्जा प्रवाह गर्ने गरेका छन्। हालसम्म यस्ता कम्पनीहरूले करिब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेको उहाँले जानकारी दिनुभयो।
पछिल्लो समय प्रवाह भएको कर्जामध्ये ८० प्रतिशत सवारीसाधन र २० प्रतिशत मोबाइल खरिदमा जाने गरेको ठाकुरले बताउनुभयो।
बैंकको कर्जा प्रक्रियामा आवश्यक मापदण्ड पूरा गर्न नसकेका वा बैंकिङ प्रणालीमा सहज पहुँच नपाएका ग्राहकलाई समेत हायरपर्चेज कम्पनीमार्फत कर्जा उपलब्ध गराउन सकिने उहाँको भनाइ छ। बैंकको तुलनामा प्रक्रिया सहज हुने भएकाले कतिपय अवस्थामा केही घण्टामै कर्जा प्रवाह गर्न सकिने उहाँले बताउनुभयो।
ठाकुरका अनुसार हायरपर्चेज कम्पनीहरूको मुख्य उद्देश्य बैंकिङ प्रणालीबाट बाहिर रहेका तथा सानो रकमको कर्जा आवश्यक पर्ने ग्राहकलाई सहज वित्तीय पहुँच उपलब्ध गराउनु हो।







यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा