काठमाडौं । निर्देशक सुदर्शन थापाको निर्देशनमा चलचित्र ‘शुभ विवाह’ निर्माण हुने भएको छ । निर्माण पक्षले काठमाडौंमा पत्रकार सम्मेलनमार्फत चलचित्रका मुख्य कलाकार तथा प्राविधिक टोली सार्वजनिक गरेको हो ।
प्रियादर्शन फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रमा प्रदीप खड्का र सनिशा भट्टराई मुख्य भूमिकामा देखिनुहुनेछ । घोषणा कार्यक्रममा प्रदीप र सनिशाले एकअर्कालाई वरमाला लगाउँदै औँठीसमेत साटनुभएको थियो ।
रोमान्टिक कथामा आधारित चलचित्रमा हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारीलगायत कलाकारको अभिनय रहनेछ । निर्देशक थापा र अभिनेता खड्काले यसअघि ‘प्रेम गीत’मा सहकार्य गर्नुभएको थियो ।
सुप्रिया कटुवाल निर्माता र साम भुजेल कार्यकारी निर्माता रहेको चलचित्रको कथा प्रदीप श्रीवास्तवले लेख्नुभएको हो । पटकथा तथा संवाद रामशरण पाठकको रहेको छ । वसन्त अधिकारी (प्रमुख), साजन कट्टेल र प्रार्थना पाठक सह-निर्देशक हुनुहुन्छ ।
चलचित्रको छायांकन छिट्टै सुरु गर्ने तयारीमा निर्माण पक्ष रहेकोछ । चलचित्र आगामी फागुन २१ गतेदेखि प्रदर्शनमा ल्याउने योजना रहेको जनाइएको छ ।







सम्पर्कविहीन पूर्वमेयर किरण सिंह गोरुसिङ्गे
सडकमा सिठी फुकेर मात्र ट्राफिक
आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा
राजधानीमा विविध कार्यक्रमसहित मनाइयो ३२
सुशासनका लागि राजनीतिक नेतृत्वमा अनुशासन
सिंहदरबारको नाम फेर्न सांसद ढकालको