काठमाडौं । आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ककाकिकी’को शीर्ष गीत छायांकन गरिएको छ । अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको गीतको छायांकन गरिएको हो । अर्जुनकै संगीत तथा हुकलाइन रहेको गीतका शब्द सन्तोष सापकोटाले लेख्नुभएको हो । जर्सिङ पौवामा छायांकन गरिएको गीतको भिडियोमा चलचित्रको कथाअनुसार गाउँमा हुने सेलिब्रेशनको दृश्य समेटिएको छ ।
गीतको भिडियोमा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, प्रकाश घिमिरेलगायत कलाकारसँगै अर्जुन सापकोटा, पवित्रा शाकी ९मिस पवि०, सजिना खनाल र निश्चल खड्काले नृत्य गर्नुभएको छ । भिडियोको कोरियोग्राफी मिग्मा डि लेप्चाले गर्नुभएको हो ।
निर्देशक बिक्की अग्रवालका अनुसार चलचित्रको पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको छ । श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको चलचित्रमा दीया मास्के, शिशिर वाङ्देल, सुवास गजुरेल, माओत्से गुरुङ, मनोज गजुरेल लगायतका कलाकारको अभिनय छ ।







मनसुन सक्रिय, देशका केही स्थानमा
वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न
आजका लागि तोकियो विदेशी मुद्राको
झापामा हात्तीपीडितलाई दुई करोड क्षतिपूर्ति
घ्याङस्वारा अर्ग्यानिक चियाको मूल्य प्रतिकिलो
हरेक वर्ष कोशीको बाढी र