काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि लागेको भ्रष्टाचारसम्बन्धी आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभएको छ ।
गृहमन्त्री सुदन गुरुङले प्रमाणित नहुँदै आईजीपी कार्कीमाथि गम्भीर आरोप लगाउन नहुने धारणा राख्नुभएका बेला सांसद सुनारले दोषी प्रमाणित नभएसम्म आरोपितलाई दोषी भन्न नमिल्ने भए पनि अनुसन्धानको प्रक्रियामा रहेका व्यक्तिको पक्षमा उभिएर छानबिन प्रभावित पार्ने काम गर्न नहुने बताउनुभएको हो ।
सार्वजनिक लेखा समितिको बैठकमा आफूले आईजीपी कार्कीमाथि गम्भीर भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल निलम्बन गरी अनुसन्धान अघि बढाउन माग गरेको स्मरण गराउँदै सांसद सुनारले आफूले कपोलकल्पित आरोप नलगाएको स्पष्ट पार्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उहाँले प्रहरी तथा सशस्त्र प्रहरीसँग सम्बन्धित विषयमा समितिमा परेका उजुरीका आधारमा आवश्यक प्रश्न उठाइएको बताउनुभयो । समितिले १५ दिनभित्र सम्बन्धित कागजात पेस गर्न निर्देशन दिइसकेको उल्लेख गर्दै उहाँले छानबिनको प्रक्रिया जारी रहेको बताउनुभयो ।
सांसद सुनारले अनुसन्धानको क्रममा रहेका व्यक्ति वा मुद्दाका विषयमा सिंहदरबारभित्रै कुनै पक्षले न्यायाधीशको भूमिकामा फैसला गर्दै हिँड्न नहुने बताउनुभएको छ । उहाँले आरोपितलाई संरक्षण गर्ने वा कुनै घटना नै नभएजस्तो गरी प्रस्तुत हुने प्रवृत्तिप्रति आपत्ति जनाउनुभयो ।
उहाँले प्रहरी संगठनका तल्लो तहमा कार्यरत कर्मचारीको सेवा–सुविधाको अवस्थाप्रति समेत सरकार र प्रहरी नेतृत्वको ध्यानाकर्षण गराउनुभएको छ । न्यून सुविधा र कठिन परिस्थितिमा लामो समय ड्युटी गर्ने प्रहरी जवान तथा हवल्दारका लागि छुट्याइएको बजेटमा अनियमितता भएको भए त्यसको निष्पक्ष छानबिन हुनुपर्ने उहाँको भनाइ छ ।
सांसद सुनारले भ्रष्टाचार वा अनियमितताको आरोप लागेका विषयमा आवश्यक छानबिन गर्न आफू पछि नहट्ने बताउँदै ‘हिसाब हुन्छ’ भन्ने चेतावनीसमेत दिनुभएको छ ।
उहाँले आफू स्वतन्त्र, निष्पक्ष र व्यावसायिक प्रहरी संगठनको पक्षमा रहेको स्पष्ट पार्दै नेपाल प्रहरीप्रति सम्मान व्यक्त गर्नुभएको छ । उहाँले ‘सत्य सेवा सुरक्षणम्’ भन्ने प्रहरीको मूल आदर्शलाई आत्मसात गर्दै संगठनलाई थप व्यावसायिक र जनउत्तरदायी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :