काठमाडौं । नेपाली लोक-रक ब्यान्ड नेपथ्यले पहिलोपटक भारतको सिक्किमस्थित गान्तोकमा सांगीतिक प्रस्तुति दिने भएको छ । नेपथ्यले आगामी ३१ अक्टोबर २०२६ मा गान्तोकको पाल्जोर स्टेडियममा ‘नेपथ्य लाइभ इन सिक्किम-लेट्स गेट लाउडः सेलिब्रेट सिक्किम’मा प्रस्तुति दिने भएको हो ।
पोजिटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीई नेटवर्क)को प्रस्तुतिमा नेपालयले निर्माण गर्ने कार्यक्रमलाई संगीत, संस्कृति र पर्यटनलाई जोड्ने उत्सवका रूपमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
‘रेशम’, ‘तालको पानी’, ‘भेडाको ऊन जस्तो’, ‘जोमसोमै बजारमा’ र ‘यो जिन्दगानी’जस्ता चर्चित गीत प्रस्तुत गर्ने नेपथ्यको गान्तोकमा यो पहिलो कार्यक्रम हुनेछ । कार्यक्रममा सिक्किमसहित भारतका विभिन्न स्थान, उत्तरपूर्वी क्षेत्र, भुटान र नेपालबाट समेत दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।
दसैँ–तिहारको समय पारेर आयोजना गर्न लागिएको कन्सर्टले संगीतसँगै सिक्किमको संस्कृति, प्राकृतिक सौन्दर्य र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने आयोजकको विश्वास छ ।







भदौदेखि रास्वपाको ‘नागरिक, नीति र
बालेन नेतृत्वको सरकार शासकीय अराजकतामा
कांग्रेसभित्र बृहद् एकताका लागि राष्ट्रिय
विशेष महाधिवेशनबारे सर्वोच्चको पुनरावलोकन सामना
फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल
प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव