काठमाडौं । अनन्या फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र ‘लोकल हिरो’मा अभिनेता अरुण क्षेत्री मुख्य भूमिकामा अनुबन्धित हुनुभएको छ । निर्माता सरोज न्यौपानेले क्षेत्रीलाई चलचित्रका लागि प्रमुख अभिनेताका रूपमा अनुबन्ध गर्नुभएको हो ।
हाल क्षेत्री अभिनीत चलचित्र ‘गौथली’ प्रदर्शनरत छ । चलचित्रले बक्स अफिसमा साढे २१ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गर्दै नेपाली चलचित्र इतिहासमा सर्वाधिक कमाउनेमध्ये दोस्रो स्थानमा पुगेको छ । चलचित्र सफल भएपछि क्षेत्रीलाई नयाँ चलचित्रका लागि प्रस्ताव बढेको छ ।
‘जेरी अन टप’ निर्माण गरेको टोलीले नै ‘लोकल हिरो’ निर्माण गर्न लागेको हो । न्यौपानेलाई निर्माणमा भविष्य खड्काले साथ दिनुहुनेछ । चलचित्रका अन्य कलाकार तथा प्राविधिक टोलीको घोषणा भने बाँकी रहेको निर्माता न्यौपानेले बताउनुभयो ।
निर्माता न्यौपानेका अनुसार ‘लोकल हिरो’ले नेपाली समाजको स्थानीय कथा र मौलिक परिवेशलाई पर्दामा प्रस्तुत गर्नेछ । चलचित्र केही वर्षअघि नै चलचित्र विकास बोर्डमा दर्ता भइसकेको र अहिले निर्माणका लागि उपयुक्त समय भएकाले काम अघि बढाइएको उहाँको भनाइ छ।
अनन्या फिल्मस् प्रालिको निर्माण पाइपलाइनमा ‘लोकल हिरो’सँगै ‘जेरी स् द लास्ट क्लाइम्ब’ र ‘टिका’ पनि रहेका छन्।






ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन
नेपालमा पहिलो ‘कमेडी एक्ट’ रियालिटी
कांग्रेसको १५औँ महाधिवेशनको मिति तलमाथि
कलाकारितामा हास्य विधा सबैभन्दा चुनौतीपूर्णः