काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको फिल्म ‘मास्टर्नी’ले केन्द्रीय चलचित्र जाँच समितिबाट सार्वजनिक प्रदर्शनका लागि जाँचपास प्रमाणपत्र प्राप्त गरेको छ । समितिले फिल्मलाई ‘ए’ श्रेणीमा वर्गीकरण गर्दै १६ वर्ष उमेर पूरा गरेका दर्शकले मात्र हेर्न पाउने गरी प्रदर्शन अनुमति दिएको हो ।
१४ अगस्ट २०२६ मा जारी प्रमाणपत्रअनुसार दुई घण्टा तीन मिनेट लामो लचित्र नेपालमा सार्वजनिक प्रदर्शनका लागि स्वीकृत भएको हो । प्रमाणपत्रमा धूमपान तथा मदिराजन्य पदार्थ प्रयोगका दृश्य भए स्वास्थ्यसम्बन्धी चेतावनी सन्देश अनिवार्य रूपमा राख्नुपर्ने उल्लेख छ ।
सुवेन्दु घोषको निर्देशन रहेको चलचित्रका निर्माता आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की हुनुहुन्छ । चलचित्रको कथा प्रियंका कार्कीले लेख्नुभएको छ भने पटकथा शान बस्नेतको र संवाद प्रियंका तथा शानको संयुक्त लेखनमा तयार भएको हो ।
फ्यामिली ड्रामामा प्रियंका कार्कीसहित सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले र रक्षा थापालगायत कलाकारको अभिनय छ ।
युवराज इन्दोरियाको छायांकन, राजा सिंह सिदुको सम्पादन र रोहित शाक्यको संगीत रहेको चलचित्रलाई नेपालभर आरआर फिल्म्सले वितरण गर्नेछ । ‘मास्टर्नी’ भदौ ५ गतेदेखि प्रदर्शनमा आउँदै छ ।







विशेष महाधिवेशनबारे सर्वोच्चको पुनरावलोकन सामना
फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल
प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन